इटहरी २ का एक युवकमा गत ६ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि इटहरी २ र ३ सिल गरिएको थियो ।
इटहरीका दईवटा वडा सिल गरिएपछि इटहरी क्षेत्रका अन्य सबै पसलहरु पनि बन्द गरिएको थियो ।
५ दिनका लागि सिल गरिएको मिति भोलि सकिदैँछ ।
यसैबीच आगामी समय सिल हुने या भोलिबाट अन्य पसलहरु खुल्नेबारे आम मानिसमा चासोको बिषय बनेको छ ।
यसैबीच टाकुरान्यूजले यो बिषयमा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठसँग बझ्दा उनले भोलि उपमहानगरपालिकामा बैठक बसेर सिल गर्ने समयावधि थप गर्ने वा भोलिबाट सिल नगर्ने भन्ने बिषयमा निर्णय हुने प्रतिक्रिया दिए ।
उनले भने, हामी भोलि बैठक बसेर यसबारेमा निर्णय गर्छौँ, के गर्ने भन्ने बारे अन्योल नै छ ।
उनका अनुसार भोलि निर्णय गरेर सूूचित गरिनेछ ।
Discussion about this post