इटहरीमा गएराती जंगली हात्ती आएको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार गएराती ११ बजे इटहरीका विभिन्न ठाउँमा दुईवटा जंगली हात्तीले आतंक मच्चाएको हो ।
प्रहरीका अनुसार इटहरी ५ को बालग्राम, सिमरबना चोक लगायतका स्थानमा आतंक मच्चाएको हो ।
त्यस्तै मुख्य राजमार्गको राधामार्ग, हलगडा, पीपलचौक क्षेत्रमा पनि हात्तीले आतंक मच्चाएको हो ।
राती १२ बजेसम्म प्रहरीले हात्ती भगाउने प्रयास गरेपनि त्यसपछि भने पीपलचौकबाट हात्ती कतातिर गयो भन्ने बिषयमा थाहा नभएको प्रहरीको भनाई छ ।
हात्ती गाउँतिर पनि पसेको हुन सक्ने भन्दै सचेत रहन प्रहरीले अपिल गरेको छ ।
Discussion about this post