अहिले कोरोना भाइरसका कारण विश्व आक्रान्त भइरहेका बेला होटल व्यवसायीहरु मारमा परेको चिन्ता व्यक्त गरिरहेका छन् ।
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार आगामी असार मसान्त भन्दा अगाडि बैँकले ब्याज र किस्ता माग्न नपाउँने भन्दै सोमबार होटल व्यवसायीहरुले अनलाइनमार्फत बैठक बसी निर्णय गरेका छन् ।
उनले टाकुरान्यूजसँग भने, बैँकले ब्याज मागेर मानसिक असर दिएमा हामी बैँकमा ताला लगाउँन बाध्य हुँनेछौँ । उनले घरभाडा, बैँक ब्याज, किस्ता असार मसान्तसम्म माग्न नपाइने बताए ।
अहिले होटल व्यवसाय संकटमा परेकाले व्यवसायीहरु चिन्तित भएको उनले सुनाए । लकडाउन खुलेर व्यवसाय सञ्चालनमा आएपछि सर्तकता अपनाएर व्यवसाय सञ्चालन गर्ने उनको भनाई थियो ।
उनले ध्यानाकर्षण पत्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पनि बुझाउँन लागेको जानकारी दिए ।
Discussion about this post