झापामा आज एकैदिन थप १७ जना नयाँ संक्रमित थपिएका छन् ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।
संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
Discussion about this post