तरहरामा ग्याङ फाइट भएको छ । इटहरी २० तरहराको एकता टोलमा ग्याङ फाइट भएको हो ।
तरहरा प्रहरी चौकीले दिएको जानकारी अनुसार घटनामा एकजनाको अवस्था गम्भीर छ ।
तरहराका राजन राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनको शरीरभरि छुराले प्रहार भएको प्रहरीको भनाइ छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राजन राई र प्रज्वल तामाङको समूहबीच झडप भएको हो ।
घटनामा आधा दर्जन बढी संलग्न रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटानाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post