तरहरामा ग्याङ फाइटमा परी एकजनाको हत्या भएको छ । इटहरी २० तरहराको एकता टोलमा ग्याङ फाइटमा परी एकजनाको हत्या भएको हो ।
तरहरा प्रहरी चौकीका अनुसार तरहराका राजन राइको छुरा प्रहार गरी हत्या गरिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राजन राई र प्रज्वल तामाङको समूहबीच झडप भएको थियो ।
झडपमा तामाङ समूह पक्षबाट अभिषेक केसी, अभिशेक पौडेल तामाङले छुरा प्रहार गरेका थिए ।
गएराती साढे ९ बजे उक्त घटना भएको स्थानीयको भनाई छ । छुरा प्रहार गरी गम्भीर घाईते भएका उनको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो ।
Discussion about this post