धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप १८ जनाले कोरोना जितेका छन् ।
कोभिड १९ संक्रमण भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका १८ जना निको भई गएराती अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
जसमध्ये १७ जना पुरुष झापाको कचनकवल गाँउपालिका र एक जना धरान १३ कि महिला रहेको प्रतिष्ठानमा प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
Discussion about this post