दुई हप्ताअघि भारतबाट आएका सुनसरीका सातजना कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इस्राइल मन्सुरीका अनुसार भारतको गुजरातबाट आएका उनीहरूमा पीसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो ।
भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सातजना संक्रमित पाइएकाे हाे ।
कोरोना संक्रमण पुष्टि हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का एक पुरुष, वार्ड नम्बर ४ का चार पुरुष, वार्ड नम्बर ५ र वार्ड ८ का एक-एक पुरुष गरी सात जनामा कोरोना देखिएकाे हाे ।
Discussion about this post