सुनसरीमा एकै दिन ७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । सुनसरीको बराहक्षेत्रमा ३ जना, गढी गाउपालिकामा २ जना र भोक्राह नरसिंह गाउँपालिकामा २ जना गरि ७ जनामा कोरोना पुष्टि भएको हो ।
सुनसरीको बराहक्षेत्रमा मंगलबार ३० जनाको पिसिआरको लागि स्वाब संकलन गरी बिराटनगर पठाएकोमा ३ जनामा कोरोना पोजेटिभ देखिएको बराहक्षेत्र नगर स्वास्थ्य शाखाका निरिक्षक उमेश मेहेताले बताए ।
त्यस्तै भोक्राह नरसिंहको होल्डीङग सेन्टरमा रहेका २ जनामा आजै कोरोना संक्रमित भेटिएको हो । २ जनाकै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै गढी गाउँपालिका स्थित गणदेब आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका २ जनाको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको छ ।
यस अघि सुनसरीमा ११ जनामा कोरोना पुष्टि भएको थियो । आजको ७ जना सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या १८ जना पुगेको छ ।
Discussion about this post