काठ तस्करी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराघाटमा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा मिनी टिपर सहित चिरान गरेको सखुवाको काठ प्रहरीले बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको गस्ती टोलीले चतराघाटमा ६७.२८ क्यूफिट परिमाणमा काठ बरामद गरेको हो ।
को १ ख ६९७४ नम्बरको मिनी टिपर चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले काठ र सवारी साधनसहित काठ बिक्री गर्ने वराहक्षेत्र–६ का ३७ वर्षीय अनिल सुब्बा र काठ ओसारपसार गर्ने ध्रुवप्रसाद गुप्तालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post