Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विराटनगरको बजेट तयारी : महिला, दलित, अपाङ्गता र अल्पसंख्यकका मुद्दा प्राथमिकतामा राख्न सुझाव

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
in विविध, समाचार
0
विराटनगरको बजेट तयारी : महिला, दलित, अपाङ्गता र अल्पसंख्यकका मुद्दा प्राथमिकतामा राख्न सुझाव
68
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा कार्यक्रमलाई समावेशी, उत्तरदायी र सामाजिक–आर्थिक रूपान्तरणमुखी बनाउन विराटनगर महानगरपालिकाले गैरसरकारी संघसंस्थासँग सुझाव संकलन गरेको छ ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा मंगलबार आयोजित छलफल कार्यक्रममा विभिन्न क्षेत्रका गैरसरकारी संस्था, अधिकारकर्मी तथा सरोकारवालाहरूले आ–आफ्ना समुदायका आवश्यकता र चुनौतीलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिए ।

कार्यक्रममा नेपाल ग्रामीण विकास केन्द्रका अध्यक्ष मणिकुमार अज्र्यालले ज्येष्ठ नागरिक दिवसेवा केन्द्र सञ्चालनका लागि बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै ज्येष्ठ नागरिकको स्वास्थ्य, हेरचाह तथा सम्मानजनक जीवनयापन सुनिश्चित हुने नीति ल्याउन आग्रह गरे ।

अल आमना महिला संघकी प्रतिनिधि मदिरा खातुनले मुस्लिम महिलाहरूको सामाजिक तथा आर्थिक अवस्था अझै कमजोर रहेकाले उनीहरूको शिक्षा, सीप, स्वास्थ्य तथा सशक्तीकरणका मुद्दालाई आगामी नीतिमा प्राथमिकता दिनुपर्ने बताइन् ।

परिवर्तन समाजका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अझै पनि परिवार र समाजबाट विभेद तथा बहिष्करणको सामना गर्न बाध्य रहेको उल्लेख गर्दै उनीहरूको सम्मानित जीवन, सामाजिक सुरक्षा र रोजगारीका अवसर सुनिश्चित गर्ने कार्यक्रम आवश्यक रहेको धारणा राखिन् ।

श्रवणदृष्टिविहीन अभिभावक समाजकी अध्यक्ष नम्रता नेपालले श्रवणदृष्टिविहीन व्यक्तिहरूको आवश्यकता र अधिकारलाई नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गरिन् ।

यस्तै, कोशी बहिरा संघकी प्रतिनिधि सुनिता तिवारीले बहिरा समुदायका लागि विशेष प्राथमिकतासहित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

दलित महिला उत्थानका क्षेत्रमा कार्यरत संस्था फेडोकी अध्यक्ष शर्मिला परियारले विशेषगरी मधेसी दलित महिलालाई लक्षित गरी सीपमूलक तालिम, उद्यमशीलता विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् ।

नेपाल अपाङ्ग महासंघका प्रतिनिधि सरोज नेपालीले महानगरभित्र निर्माण हुने सार्वजनिक तथा निजी संरचनालाई अपाङ्गतामैत्री बनाउन भवन निर्माण अनुमति प्रक्रियामै आवश्यक मापदण्ड लागू गर्नुपर्ने धारणा राखे ।

सौन्दर्य व्यवसायीहरूको तर्फबाट प्रमिला थापाले निर्णय तहमा महिलाको सहभागिता अझै न्यून रहेको उल्लेख गर्दै महिला नेतृत्व विकास तथा नेतृत्व उत्पादन गर्ने नीति समेट्न आग्रह गरिन् ।

अधिकारकर्मी ममता यादवले मधेसी महिलाहरुकाो सशक्तिकरणका लागि सीपमूलक र सचेतनामूलक कार्यक्रमका लागि बजेट छुट्याउन सुझाव दिइन् ।

गैरसरकारी संस्थाहरूको तर्फबाट बोल्दै गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्माले महानगरभित्र क्रियाशील संघसंस्थाहरू महानगरसँग सहकार्य गर्दै विकास र सामाजिक रूपान्तरणका काममा सक्रिय रहेको उल्लेख गर्दै संस्थाहरूका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अनुरोध गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सामाजिक समावेशीकरणको क्षेत्रमा आफूले लामो अनुभव हासिल गरेको उल्लेख गर्दै सहभागी संस्थाहरूबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको समापन गर्दै उपप्रमुख शिल्पा निराला कार्कीले आगामी बजेट, नीति तथा कार्यक्रम सबै वर्ग, क्षेत्र र समुदायलाई समेटेर अघि बढ्ने विश्वास दिलाउँदै प्राप्त सुझावहरूलाई प्राथमिकताका साथ अध्ययन गरी कार्यान्वयनतर्फ पहल गरिने बताइन् ।

कार्यक्रममा फरेनका नवराज निरौला, मानव अधिकारका लागि महिला एकल महिला समाजकी अध्यक्ष चूडा रेग्मी, सामाथ्य समाज नेपालका प्रतिनिधिलगायतले एक दर्जन भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुले महिला, अपाङ्गता भएका व्यक्ति, पिछडा वर्ग, दलित, मधेसीलगायत सबै क्षेत्रलाई सम्बोधन हुने बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

Tags: #विराटनगरविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड
समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जलवायुजन्य विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दिगो बनाउन विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र...

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
खेलकुद

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर : विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल...

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

अशोज २७, २०८३
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

अशोज २७, २०८३

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.