नेपाली कथानक चलचित्र ‘नीरफूल’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । संचारकर्मी फूलमान वलले निर्देशन गरेको चलचित्रका ४ पोस्टर एकै पटक सार्वजनिक गरिएको हो । चलचित्र ‘नीरफूल’मा भूकम्पमा बिछोडिएको परिवारको प्रेमकथालाई प्रस्तुत गरिएको छ ।
चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई, शान्ति वाइबालगायत कलाकार ‘फिचर्ड’ छन् । यो चलचित्रमा अभिनेत्री रेखा थापाले विशेष भूमिकामा रहेर अभिनय गरेको बताईएको छ । तर, उनलाई सार्वजनिक पोस्टरमा समावेश गरिएको छैन् ।
आगामी फागुन ३० गते बाट अल नेपाल प्रदर्शनको प्रचारमा रहेको चलचित्रमा दयाहाङ, रेखा र शान्तिका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा लगायतका कलाकार पनि देखिने छन् ।
चलचित्र ‘नीरफूल’को पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको यो चलचित्रको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।
Discussion about this post