टाकुरा डेस्क
त्रीदेबी फेसन हाउसकी सञ्चालिका तथा फेसन डिजाइनरद्धय सञ्चिता बराल र दीपा केसीले नयाँ डिजाइनका साथै आफ्नो नेपाली संस्कृतिको मौलिक पोसाकहरुलाइ्र्र समेटेर डिजाइन गर्ने बताएका छन् । पछिल्लो समय देशमा विदेशी संस्कृति भित्रिएको र आफ्नो संस्कृतिको मौलिक पोसाकलाई प्राथमिकता दिने उनीहरुको भनाई थियो । क्रमश इन्टटेन्मेनले ललितपुरको अैला लाउन्ज रेस्टुरेन्टमा आयोजना गरेको फेसन इस्टा रनवे सो मा त्रीदेबी फेसन हाउसले सम्पूर्ण मोडलहरूको कपडा डिजाइन गरेका थिए। भिन्ना भिन्नै डिजाइनमा सजियका मोडलहरुले अैला लाउन्जमा रौनक थपेको थियो। रनवे सो को कोरीयोग्राफी नीलम पौडेलले गरेकी छन्। सोही क्रममा उनीहरुले आफ्नो मौलिक पोसाकलाई प्राथमिकता दिदैँ संस्कृतिको जर्गेना गर्नेमा जोड दिए ।
अञ्जु पन्त र दुर्गा पराजुलीको स्वरमा ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक (भिडिओसहित)
इटहरी : गायिका अञ्जु पन्त र गायक एवम् सङ्गीतकार दुर्गा पराजुलीको स्वरमा रेकर्ड भएको गीतको भिडिओ सार्वजनिक भएको छ ।...
Discussion about this post