टाकुरा न्युज
Wednesday, June 18, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

युवालाई आत्मनिर्भर बनाउन कृषि र ब्यवसायमा जोड्न जरुरी छ : याख्खा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : फाल्गुन १५, २०७६
0
युवालाई आत्मनिर्भर बनाउन कृषि र ब्यवसायमा जोड्न जरुरी छ : याख्खा
1.1k
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको धरान उपमहानगरपालिकालाई केन्द्रबिन्दु बनाएर लामो समयदेखि तत्कालिन नेकपा माओबादी केन्द्र र हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट राजनीतिमा सक्रिय युवाहरुमाझ निकै लोकप्रिय नाम हो–भुवन याख्खा । उनी माओबादी केन्द्र र नेकपा एमालेको एकतापसछ बनेको राष्ट्रिय युवा संघ नेपाल सुनसरीका संयोजक समेत रहेका छन् ।
२०३८ सालमा धरानमा जन्मिएका उनी अग्रो टुरिजम र रिसोर्ट सम्बन्धी ब्यवसायमा समेत सक्रिय छन् । उनै याख्खासंग उनको ब्यवसायिक यात्रा, राजनीतिक यात्रा र युवाहरुको समस्याहरुको बारेमा टाकुरान्यूजका लागि मनोज निरौलाले गरेको कुराकानी–

राजनीतिक यात्राका बारेमा आफ्ना अनुभव सुनाउँनुस् न ?
म २०५७ मा खुम्बुवान मुक्तिमोर्चामा सर्बप्रथम सकृय रुपमा लागेको थिएं । पछि म किराँत मुक्ति मोर्चामा आबद्द भएर धरान नगर सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केन्द्रीय सदस्य सम्म भएँ । पछि म केही समय हङ्कङ बसें र फर्केर आएपछि तत्कालिन नेकपा माओबादी केन्द्रको भातृसंगठन वाईसिएल नेपालमा सकृयताका साथ काम गरें । युवाहरुसंग राम्रै हिमचिम र घुलमिल हुन थालेपछि पार्टीको विश्वाशिलो पात्रको रुपमा देखिएर वाइसिएलको जिल्ला सह– संयोजक मा सिफारिसमा परें । लगत्तै भएको जिल्ला अधिबेशनमा अध्यक्षको दाबेदारी दिएर निर्बाचित सुनसरी जिल्ला अध्यक्ष बनें । अहिले पार्टी एकता पछि राष्ट्रिय युबा संघ नेपालको सुनसरी जिल्ला संयोजकको रुपमा काम गर्ने अबसर पाएको छु ।

अहिले खासगरी के मा ब्यस्त हुनुहुन्छ ?
अहिले संगठनको केन्द्रको एकता भर्खरै टुंगो लागेसंगै सम्पुर्ण जिल्लाहरुमा पनि संयोजक र सह–संयोजक संगै अन्य सदस्यहरुको पनि टुङ्गो लाग्दै गरेको अबस्था छ । जिलाको एकता भने पुर्ण रुपमा नसकिएको अबस्था हो । खासगरी अहिले यहि बिषयतिर पनि केन्द्रीत छौं । केही समय भित्रमा सुनसरी जिल्लाको वडा स्तर देखि लिएर नगर सम्मै सबै समिति बनाएर टुङ्ग्याउने योजनामा लागि परिएको छ । तत्काल चैं भन्नुपर्दा अब ब्यबसाय तिर पनि लागौं भनेर एउटा रिसोर्ट खोल्ने उदेश्यले यहि काममा ब्यस्त छु ।

तपाईले गर्न लाग्नु भएको ब्यबसायको उदेस्य चैँ के हो नि ?
पहिलो कुरा त राजनीती गर्नलाई आर्थिक आवश्यकता बढी नै पर्दछ । समाजमा भएका गरिब निमुखाहरुलाई सहयोग गर्नमा होस् वा साथिभाई भेटघाटमा होस अलिअली खर्च बिना राजनीती गर्न कठीन नै हुन्छ । त्यसमाथि राजनिती एउटा सामाजिक कार्य गर्ने उत्प्रेरणा पनि हो । आर्थिक स्थिती उकास्नलाई कि त गलत कार्य गरेर वा भ्रष्टाचार गरेर गर्नुपर्यो कि त ब्यवसाय गर्नुपर्यो । यसै मान्यताले म ब्यवसायतिर प्रेरित भएको हुँ । मेरो आफ्नो ब्यक्तिगत कुरालाई नै लिने हो भने त मेरो पारिवारिक पृष्ठभूमी राम्रै भएको कारणले मलाई त पैसाको पनि त्यति धेरै आवश्यकता हिजोको दिनमा थिएन र आज पनि छैन । अब केही अन्य युवाहरुलाई पनि रोजगारी दिउं र ब्यवसाय गरेर राजनीतिलाई जोडेर लागौं भन्ने उदेश्यले म ब्यवसायमा केन्दृत छु । मैले अब आफैंले एग्रो टुरिजम सम्बन्धी उत्पादन गरेर बेच्ने सोच पनि बनाएको छु । अहिले बनाउंदै गरेको रिसोर्ट भन्दा केही तल एग्रो टुरिजम सम्बन्धी उत्पादन गर्ने र त्यही उत्पादन बजार मा पनि बेच्ने र त्यही आफ्नो माथिको रिसोर्ट्मा पनि ल्याएर बनाएर बेच्ने भन्ने योजना छ । यसका लागि मैले धरान मनशान्तो नामक कम्पनी पनि खोलेको छु । यस कम्पनीबाट ३० देखि ४० जना युवाहरुले तत्कालै रोजगार पनि पाउंदै हुनुहुन्छ ।

राष्ट्रिय युवा संघ नेपालको एकता प्रक्रिया ६०।४० को भागबन्डा नमिलेर टुंगिन अझै समय लाग्ने भन्ने सुनिन्छ नि ?

साच्चै भन्नुपर्दा भागबण्डामा अझै समस्या चैं रहेको हो । ५०।५० को भाग लगाएर संगठन निर्माण गर्नुपर्छ भन्ने हाम्रो माग पनि हो । पूर्व युवा संघको भन्दा पूर्व वाइसिएलको राम्रो पृष्ठभूमी र योगदान छ भन्ने कुरा सबैलाई थाहा पनि छ । अर्को कुरा भोलि ६० पाउने युवाहरुमा चैं अलि बढी दम्भ हुने र काम नगर्ने स्थिति हुन सक्छ भने ४० पाउने युवाहरुमा चैं ६० पाउनेले गरिहाल्छन् नि भन्ने खाल्को असन्तुस्टिले गर्दा त्यसो हुन पनि सक्ने स्थिती छ । जस्ले जे पाए पनि गर्ने त काम नै हो ।
सबैको चित्त बुझाएर जान सके भोलि काम गर्न सहज हुन्छ भन्ने हो । त्यसैले सबै युबाको मनोभाब बुझेर नेतृत्वले निर्णय लिनु पर्दछ भन्ने मेरो बुझाई हो । बराबरी भाग हुने हो भने चैं जनता मा र उपल्लो तहका कार्यकर्तामा पनि राम्रो म्यासेज जान्थ्यो ।

बर्तमान अवस्थामा युवाका खास समस्याहरु चैं के हुन ?
अहिले युवाहरु ब्यवसायमा होस्, राजनीतिमा होस् वा अन्य कुनै नयाँ कामको थालनीमा होस् सही मार्गनिर्देशन र सही सल्लाह नपाएर बिचलित भएको चैं मैले देखेको छु । यो एउटा समस्या हो । धेरै युवाहरुको अहिलेको खास समस्या चैं आफ्नो क्षमता अनुसारको काम नपाएर बिदेशिनु पर्ने बाध्यात्मक परिस्थिती पनि हो । अर्कोतर्फ पार्टीमा संगठित युवाहरुमा पनि राम्रो स्कुलिङ सही मार्गनिर्देशनको अभावमा सही बाटो र काममा गति लिन सकेका छैनन् भन्ने मेरो बुझाई छ । नेतृत्वले संगठित युवाहरुलाई राम्रो स्कुलिङ र प्रक्षिणहरु दिन पनि जरुरी छ ।

अन्त्यमा मैले भन्न छुटाएका र तपाईँलाई भन्न मन लागेको केही छ ?
सर्बप्रथम मेरा कुराहरु राख्न दिनुभएकोमा टाकुरान्यूजलाई धेरै–धेरै धन्यबाद दिन चाहन्छु । नेपाल कम्युनिस्ट पार्टी र हामी सबै समृद्द समाज, सुखी नेपालीको कल्पनामा छौं । समृद्द समाज निर्माणका लागि हामी हाम्रो ठाउंबाट लागि परेका छौं । सबैलाई आफ्नो स्थानबाट लागि पर्न हुन म अनुरोध गर्न चाहन्छु । आजका युवा भनेको भोलिको देश हाक्ने नेता हुन् । त्यसैले युवालाई विभिन्न किसिमका युवामैत्री कार्यक्रम र तालिमहरु दिएर सक्षम बनाउनतिर पनि सरकारले ध्यान दिन जरुरी छ । धन्यबाद ।

Related Posts

FEATURE BREAKING

हर्बल मार्केटिङको बहानामा बालश्रम र यौन शोषण, इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ३, २०८२
0

इटहरी : मार्केटिङको नाममा काममा लगाएर बन्धक बनाइएका १२ जना बालबालिकालाई प्रहरीले इटहरीस्थित एक होटलबाट उद्धार गरेको छ। घटनामा संलग्न...

विविध

सुनसरी, मोरङ र झापाबाट भन्सार छलीका सामान बरामद

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ३, २०८२
0

विराटनगर : सुनसरी, मोरङ र झापा जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले बरामद...

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

प्रकाशित मिति : असार ३, २०८२
सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

प्रकाशित मिति : असार ३, २०८२
धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव

धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव

प्रकाशित मिति : असार ३, २०८२
एनसीडिए मोरङको ५२ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम आयोजना

एनसीडिए मोरङको ५२ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम आयोजना

प्रकाशित मिति : असार ३, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्बल मार्केटिङको बहानामा बालश्रम र यौन शोषण, इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार

प्रकाशित मिति : असार ३, २०८२

सुनसरी, मोरङ र झापाबाट भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : असार ३, २०८२
मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

प्रकाशित मिति : असार ३, २०८२
सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

प्रकाशित मिति : असार ३, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3893 shares
    Share 1557 Tweet 973
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1097 shares
    Share 439 Tweet 274
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    894 shares
    Share 358 Tweet 224
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    676 shares
    Share 270 Tweet 169
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana