Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

युवालाई आत्मनिर्भर बनाउन कृषि र ब्यवसायमा जोड्न जरुरी छ : याख्खा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १५, २०७६
in अन्तर्वार्ता, समाचार
0
युवालाई आत्मनिर्भर बनाउन कृषि र ब्यवसायमा जोड्न जरुरी छ : याख्खा
1.1k
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको धरान उपमहानगरपालिकालाई केन्द्रबिन्दु बनाएर लामो समयदेखि तत्कालिन नेकपा माओबादी केन्द्र र हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट राजनीतिमा सक्रिय युवाहरुमाझ निकै लोकप्रिय नाम हो–भुवन याख्खा । उनी माओबादी केन्द्र र नेकपा एमालेको एकतापसछ बनेको राष्ट्रिय युवा संघ नेपाल सुनसरीका संयोजक समेत रहेका छन् ।
२०३८ सालमा धरानमा जन्मिएका उनी अग्रो टुरिजम र रिसोर्ट सम्बन्धी ब्यवसायमा समेत सक्रिय छन् । उनै याख्खासंग उनको ब्यवसायिक यात्रा, राजनीतिक यात्रा र युवाहरुको समस्याहरुको बारेमा टाकुरान्यूजका लागि मनोज निरौलाले गरेको कुराकानी–

राजनीतिक यात्राका बारेमा आफ्ना अनुभव सुनाउँनुस् न ?
म २०५७ मा खुम्बुवान मुक्तिमोर्चामा सर्बप्रथम सकृय रुपमा लागेको थिएं । पछि म किराँत मुक्ति मोर्चामा आबद्द भएर धरान नगर सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केन्द्रीय सदस्य सम्म भएँ । पछि म केही समय हङ्कङ बसें र फर्केर आएपछि तत्कालिन नेकपा माओबादी केन्द्रको भातृसंगठन वाईसिएल नेपालमा सकृयताका साथ काम गरें । युवाहरुसंग राम्रै हिमचिम र घुलमिल हुन थालेपछि पार्टीको विश्वाशिलो पात्रको रुपमा देखिएर वाइसिएलको जिल्ला सह– संयोजक मा सिफारिसमा परें । लगत्तै भएको जिल्ला अधिबेशनमा अध्यक्षको दाबेदारी दिएर निर्बाचित सुनसरी जिल्ला अध्यक्ष बनें । अहिले पार्टी एकता पछि राष्ट्रिय युबा संघ नेपालको सुनसरी जिल्ला संयोजकको रुपमा काम गर्ने अबसर पाएको छु ।

अहिले खासगरी के मा ब्यस्त हुनुहुन्छ ?
अहिले संगठनको केन्द्रको एकता भर्खरै टुंगो लागेसंगै सम्पुर्ण जिल्लाहरुमा पनि संयोजक र सह–संयोजक संगै अन्य सदस्यहरुको पनि टुङ्गो लाग्दै गरेको अबस्था छ । जिलाको एकता भने पुर्ण रुपमा नसकिएको अबस्था हो । खासगरी अहिले यहि बिषयतिर पनि केन्द्रीत छौं । केही समय भित्रमा सुनसरी जिल्लाको वडा स्तर देखि लिएर नगर सम्मै सबै समिति बनाएर टुङ्ग्याउने योजनामा लागि परिएको छ । तत्काल चैं भन्नुपर्दा अब ब्यबसाय तिर पनि लागौं भनेर एउटा रिसोर्ट खोल्ने उदेश्यले यहि काममा ब्यस्त छु ।

तपाईले गर्न लाग्नु भएको ब्यबसायको उदेस्य चैँ के हो नि ?
पहिलो कुरा त राजनीती गर्नलाई आर्थिक आवश्यकता बढी नै पर्दछ । समाजमा भएका गरिब निमुखाहरुलाई सहयोग गर्नमा होस् वा साथिभाई भेटघाटमा होस अलिअली खर्च बिना राजनीती गर्न कठीन नै हुन्छ । त्यसमाथि राजनिती एउटा सामाजिक कार्य गर्ने उत्प्रेरणा पनि हो । आर्थिक स्थिती उकास्नलाई कि त गलत कार्य गरेर वा भ्रष्टाचार गरेर गर्नुपर्यो कि त ब्यवसाय गर्नुपर्यो । यसै मान्यताले म ब्यवसायतिर प्रेरित भएको हुँ । मेरो आफ्नो ब्यक्तिगत कुरालाई नै लिने हो भने त मेरो पारिवारिक पृष्ठभूमी राम्रै भएको कारणले मलाई त पैसाको पनि त्यति धेरै आवश्यकता हिजोको दिनमा थिएन र आज पनि छैन । अब केही अन्य युवाहरुलाई पनि रोजगारी दिउं र ब्यवसाय गरेर राजनीतिलाई जोडेर लागौं भन्ने उदेश्यले म ब्यवसायमा केन्दृत छु । मैले अब आफैंले एग्रो टुरिजम सम्बन्धी उत्पादन गरेर बेच्ने सोच पनि बनाएको छु । अहिले बनाउंदै गरेको रिसोर्ट भन्दा केही तल एग्रो टुरिजम सम्बन्धी उत्पादन गर्ने र त्यही उत्पादन बजार मा पनि बेच्ने र त्यही आफ्नो माथिको रिसोर्ट्मा पनि ल्याएर बनाएर बेच्ने भन्ने योजना छ । यसका लागि मैले धरान मनशान्तो नामक कम्पनी पनि खोलेको छु । यस कम्पनीबाट ३० देखि ४० जना युवाहरुले तत्कालै रोजगार पनि पाउंदै हुनुहुन्छ ।

राष्ट्रिय युवा संघ नेपालको एकता प्रक्रिया ६०।४० को भागबन्डा नमिलेर टुंगिन अझै समय लाग्ने भन्ने सुनिन्छ नि ?

साच्चै भन्नुपर्दा भागबण्डामा अझै समस्या चैं रहेको हो । ५०।५० को भाग लगाएर संगठन निर्माण गर्नुपर्छ भन्ने हाम्रो माग पनि हो । पूर्व युवा संघको भन्दा पूर्व वाइसिएलको राम्रो पृष्ठभूमी र योगदान छ भन्ने कुरा सबैलाई थाहा पनि छ । अर्को कुरा भोलि ६० पाउने युवाहरुमा चैं अलि बढी दम्भ हुने र काम नगर्ने स्थिति हुन सक्छ भने ४० पाउने युवाहरुमा चैं ६० पाउनेले गरिहाल्छन् नि भन्ने खाल्को असन्तुस्टिले गर्दा त्यसो हुन पनि सक्ने स्थिती छ । जस्ले जे पाए पनि गर्ने त काम नै हो ।
सबैको चित्त बुझाएर जान सके भोलि काम गर्न सहज हुन्छ भन्ने हो । त्यसैले सबै युबाको मनोभाब बुझेर नेतृत्वले निर्णय लिनु पर्दछ भन्ने मेरो बुझाई हो । बराबरी भाग हुने हो भने चैं जनता मा र उपल्लो तहका कार्यकर्तामा पनि राम्रो म्यासेज जान्थ्यो ।

बर्तमान अवस्थामा युवाका खास समस्याहरु चैं के हुन ?
अहिले युवाहरु ब्यवसायमा होस्, राजनीतिमा होस् वा अन्य कुनै नयाँ कामको थालनीमा होस् सही मार्गनिर्देशन र सही सल्लाह नपाएर बिचलित भएको चैं मैले देखेको छु । यो एउटा समस्या हो । धेरै युवाहरुको अहिलेको खास समस्या चैं आफ्नो क्षमता अनुसारको काम नपाएर बिदेशिनु पर्ने बाध्यात्मक परिस्थिती पनि हो । अर्कोतर्फ पार्टीमा संगठित युवाहरुमा पनि राम्रो स्कुलिङ सही मार्गनिर्देशनको अभावमा सही बाटो र काममा गति लिन सकेका छैनन् भन्ने मेरो बुझाई छ । नेतृत्वले संगठित युवाहरुलाई राम्रो स्कुलिङ र प्रक्षिणहरु दिन पनि जरुरी छ ।

अन्त्यमा मैले भन्न छुटाएका र तपाईँलाई भन्न मन लागेको केही छ ?
सर्बप्रथम मेरा कुराहरु राख्न दिनुभएकोमा टाकुरान्यूजलाई धेरै–धेरै धन्यबाद दिन चाहन्छु । नेपाल कम्युनिस्ट पार्टी र हामी सबै समृद्द समाज, सुखी नेपालीको कल्पनामा छौं । समृद्द समाज निर्माणका लागि हामी हाम्रो ठाउंबाट लागि परेका छौं । सबैलाई आफ्नो स्थानबाट लागि पर्न हुन म अनुरोध गर्न चाहन्छु । आजका युवा भनेको भोलिको देश हाक्ने नेता हुन् । त्यसैले युवालाई विभिन्न किसिमका युवामैत्री कार्यक्रम र तालिमहरु दिएर सक्षम बनाउनतिर पनि सरकारले ध्यान दिन जरुरी छ । धन्यबाद ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य
FEATURE BREAKING

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको...

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.