Wednesday, May 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

६ लेन सडक : तरहरादेखि धरान सडकका लागि १ एक हजार ४ सय रुख कटान हुँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १, २०७६
in टाकुरा विशेष, विविध, समाचार
0
६ लेन सडक : तरहरादेखि धरान सडकका लागि १ एक हजार ४ सय रुख कटान हुँदै

photo source : google

757
SHARES
Share on FacebookShare on Twitter

 तरहरा : विराटनगरको रानीदेखि धरानसम्म निर्माणाधिन रहेको ६ लेन सडकखण्ड अन्र्तगत तरहरा देखि धरानसम्मको सडक विस्तारका लागि एक हजार भन्दा बढी रुख कटान हुने भएको छ ।
विराटनगरदेखि धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको क्रममा विस्तार हुँदै आएको छ ।
तरहरादेखि धरानको तीनकुने सम्म १० किलोमिटर सडकको एक हजार ४ सय ३० वटा रुख कटान हुँने भएको हो । सरकारी निकायको अनुमतिमा जिल्लाको जंगल क्षेत्रका विभिन्न प्रजातिका रुख तीन दशकयताकै ठूलो संख्यामा कटान गर्न लागिएको हो ।

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कोशी राजमार्गमा निर्माणधीन ४९ किलोमिटर सडकमध्ये तरहरादेखि धरानसम्म सडक विस्तार गर्न एक हजार ४ सय ३० वटा रुख कटान गरिन लागेको ६ लेन सडक इटहरीका परियोजना व्यवस्थापक बद्री प्रसाद शर्माले जानकारी दिए । ‘सहरी क्षेत्रमा फुटपाथ हुने भएकाले ठूलो सडक बन्दै आएको थियो,’ उनले टाकुरासँग भने, ‘यहाँ भने ४ लेनको मात्र सडक बन्ने तयारी गरिएको छ ।’

उनका अनुसार सहरी क्षेत्रमा भन्दा बन क्षेत्रमा सवारीको चाप कम हुने भएकाले यहाँ ४ लेनको मात्र सडक बन्ने भएको हो । ‘तरहराको पानीपिया क्षेत्रदेखि धरानको तीनकुने सम्मको सडकमा एक हजार ४ सय ३० वटा रुख कटान हुँन लागेको हो,’ उनले भने, ‘अहिले ३२.६४ किलोमिटर क्षेत्रमा धमाधम काम भइरहेको छ ।’ उनका अनुसार अहिले अन्य ठाउँमा २५–२५ मिटर सडक चौडा गरिएको छ भने बन क्षेत्रमा १५–१५ मिटर मात्र सडक चौडा गरिनेछ ।

तरहरा धरान सडक खण्डमा पर्ने रुख कटानका लागि बन कार्यालयले सहमति दिएसँगै प्रक्रिया अघि बढेको उनको भनाई थियो । उनका अनुसार दुईवटा प्याकेजमा टेण्डर आह्वान गरि सकिएको छ ।

सुनसरीमा कुल २४ हजार आठ सय ६५.५ हेक्टर वन क्षेत्र रहेको छ । जसमध्ये जिल्लामा तीन हजार पाँच सय १४.६ हेक्टर सामूदायिक वन क्षेत्र रहेको छ भने अन्य राष्ट्रिय वन क्षेत्रमा पर्छ ।
छ लेनको मापदण्ड अनुसार गर्दा अरु थप रुख काट्नुपर्ने हुन्छ । धेरै रुख काट्दा जंगल विनास हुने खतरा रहेकाले यहाँ ४ लेन मात्र सडक निर्माण गर्न लागेको जनाएको छ ।
यसअघि ६ लेन सडक विस्तार अन्तर्गत नै तरहरादेखि दुहवीसम्म सडकको दायाँ–बायाँ भएका ३८८ वटा रुख कटान गरिएको जिल्ला बन कार्यालय सुनसरीले जनाएको छ । अहिले दुहवी बजार क्षेत्रको सडक भने वाईपास गर्ने वा बजार क्षेत्रबाट विस्तार गर्ने टुंगो लाग्न नसकेर ठेक्का प्रक्रियामा अघि बढेको छैन ।

यो पनि

https://takuranews.com/2020/02/25/%e0%a5%ac-%e0%a4%b2%e0%a5%87%e0%a4%a8-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a7%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%95/

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती
समाचार

हिमाल आरोहणका लागि अनुमति लिने विदेशी आरोहीको सङ्ख्यामा वृद्धि 

by रासस
जेष्ठ ५, २०८३
0

यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशी आरोहीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार...

झापामा धकेलेर हत्या आरोप : मदिरा जमघटमा युवतीको मृत्यु, युवक प्रहरीको नियन्त्रणमा
समाचार

झापामा धकेलेर हत्या आरोप : मदिरा जमघटमा युवतीको मृत्यु, युवक प्रहरीको नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ५, २०८३
0

झापा : झापाको अर्जुनधारा नगरपालिका–८ कुशलचोकस्थित खुला चौरमा मदिरा सेवनका क्रममा भएको विवादमा धकेलिँदा एक महिलाको मृत्यु भएको छ । घटनामा...

बालेनप्रति हर्क साम्पाङको कटाक्ष – “सिंहदरबार जलाइदिन्छु भन्ने र अहिलेको गृहमन्त्री बीच सम्बन्ध छ कि संयोग मात्रै ?”

सहकारी पीडितलाई राज्यकोषबाट रकम दिनु गलत : हर्क साम्पाङ

जेष्ठ ५, २०८३
इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

इलामको रोङमा आइतबार पनि कार्यालय खुल्ला हुने 

जेष्ठ ५, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा चार हजार ट्याब्लेट लागूऔषधसहित दुई युवक पक्राउ

जेष्ठ ५, २०८३
विराटनगरमा दुर्घटना हुँदा बाबु–छोरीको मृत्यु

विराटनगरमा दुर्घटना हुँदा बाबु–छोरीको मृत्यु

जेष्ठ ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

हिमाल आरोहणका लागि अनुमति लिने विदेशी आरोहीको सङ्ख्यामा वृद्धि 

जेष्ठ ५, २०८३
झापामा धकेलेर हत्या आरोप : मदिरा जमघटमा युवतीको मृत्यु, युवक प्रहरीको नियन्त्रणमा

झापामा धकेलेर हत्या आरोप : मदिरा जमघटमा युवतीको मृत्यु, युवक प्रहरीको नियन्त्रणमा

जेष्ठ ५, २०८३
बालेनप्रति हर्क साम्पाङको कटाक्ष – “सिंहदरबार जलाइदिन्छु भन्ने र अहिलेको गृहमन्त्री बीच सम्बन्ध छ कि संयोग मात्रै ?”

सहकारी पीडितलाई राज्यकोषबाट रकम दिनु गलत : हर्क साम्पाङ

जेष्ठ ५, २०८३
इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

इलामको रोङमा आइतबार पनि कार्यालय खुल्ला हुने 

जेष्ठ ५, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1403 shares
    Share 561 Tweet 351
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    513 shares
    Share 205 Tweet 128
  • इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

    375 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.