Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

नक्सा पास नगरी स्कुलको भवन व्यापारिक प्रयोजनका लागि निर्माण, वडाध्यक्षको गैरजिम्मेवारी जवाफ–‘सबै कुरा मलाई थाहा हुन्छ ?’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०७६
in टाकुरा विशेष, समाचार
0
नक्सा पास नगरी स्कुलको भवन व्यापारिक प्रयोजनका लागि निर्माण, वडाध्यक्षको गैरजिम्मेवारी जवाफ–‘सबै कुरा मलाई थाहा हुन्छ ?’
497
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको एक विद्यालयमा नक्सा पास नै नगरी भवन निर्माण सुरु गरिएको छ ।
इटहरी ५ मा रहेको ज्योति माध्यमिक विद्यालयमा निर्माणाधिन रहेको भवन नक्सा पास नै नगरी बनाईएको पाईएको छ ।
बिद्यालयले केही समययता मात्र निर्माण कार्य सुरू गरेको शौचालय सहितको प्राविधिक कक्षा निर्माण भनिएपनि व्यापारिक प्रयोजनको भवन नक्सा पास नगरी निर्माण सुरु गरिएको पाईएको हो । भवन निर्माण आचारसंहिता उल्लंघन गरी भवन निर्माण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक भैरव सापकोटाले अहिलेसम्म कुनै पनि सामुदायिक विद्यालयका भवन नक्सा पास नभएको प्रतिक्रिया दिए । उनले टाकुरासँग भने, ‘प्राविधिक धारको कोठाका लागि बन्दै आएको भवन हो यो, अहिलेसम्म कुनै पनि सरकारी स्कुलका भवन नक्सा पास छैनन् ।’ उनले नक्सा पास गर्न नपर्ने भन्दै पन्छिए । कति क्षेत्रफलमा बन्दैछ भन्ने प्रश्नमा सापकोटाले बेवास्ता गर्दै भने, ‘खोई ठ्याक्कै क्षेत्रफल त हेरेको छैन, ८–१० धुरमा होला ।

’ व्यापारिक प्रयोजनमा पनि छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा उनले टाकुरासँग भने, ‘पछि भाडामा लगाउँनेगरी पनि भन्ने कुरा चैँ छ, नक्सा पासको सन्र्दभमा भने प्राइभेट स्कुललाई मात्रै हो, यो सामुदायिकमा पर्दैन ।’ उनले सामुदायिक विद्यालयमा नक्सा पास गर्न नपर्ने भन्दै बेवास्ता गरे ।
स्थानीयका अनुसार भने सूचना टाँस, टेन्डर आह्वान बिना नै ठेक्का लगाएर काम धमाधम निर्माणाधिन अवस्थामा रहेको छ । अहिले उक्त बिद्यालयले ४ वटा सटर निर्माण गरी २ वटामा भाडा लगाइसकेको छ । तर, विद्यालय प्रशासनले भने व्यापारिक प्रयोजनका लागि सोचेको तर भाडामा नलगाएको जनाएको छ ।
यता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनुलाल चौधरीले ज्योती माविको कुनै पनि भवन नक्सा पास नभएको प्रतिक्रिया दिए । उनले टेलिफोन सम्पर्कमा भने, ‘हाम्रो विद्यालयको कुनै पनि भवनको नक्सा पास भएको छैन र हुँदैन पनि ।’ उनले नक्सा पास गर्नका लागि कानुनी रुपमा धनीपुर्जा हुनुपर्ने र आँफूहरुसँग विद्यालयको जग्गाको धनीपुर्जा नरहेको उनले बताए ।
उता, इटहरी ५ का वडाध्यक्ष कल्याण बहादुर कार्कीले भने ऐलानी जग्गामा भवन बनेका कारण नक्सा पास नभएको बताए ।

उनले भने, ‘५ नम्बर वडाको बारेमा सबै मलाई थाहा हुन्छ, कसले के गर्छ ?’ उनले ज्योती माविको बारेमा प्रश्न गर्दा सबै कुरा आँफूलाई थाहा नहुने भन्दै पन्छिए । ‘मलाई अहिलेसम्म ऐलानी जग्गाको बारेमा नक्सा पास भएको थाहा छैन ।’ उनले उक्त विद्यालय भएको ठाउँमा एक कठ्ठा जग्गा नम्बरी रहेको र अरु बाँकी पैनीको जग्गा भएको प्रतिक्रिया दिए ।

‘वडामा हामीलाई सोधेर सबै काम हुन्छ भन्ने छैन,’ उनले गैरजिम्मेवारी रुपमा भने, ‘मलाई सबै कुरा थाहा हुन्छ भन्ने पनि छैन, इटहरी ५ मा के–के कहाँ छन् मलाई थाहा हुन्छ ?’ उनले गैरजिम्मेवार तरिकाले जवाफ दिदैँ आँफूलाई सबै कुरा थाहा नहुने बताए । इटहरी ५ मा करीब ४ देखि ५ सय बढी घर ऐलानी जग्गामा निर्माण भएको उनको भनाई रहेको थियो ।
यता, इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले भने नीति नियम अनुसार अनिवार्य रुपमा नक्सा पास हुनुपर्ने बताए । उनले टाकुरासँग भने, ‘नियम अनुसार अनिवार्य रुपमा जुनै संरचनाको पनि नक्सा पास हुनपर्छ, नक्सा पास छैन भने हामी त्यसको प्रक्रियामा जान्छौँ ।’

उनले नियम अनुसार ऐलानी जग्गामा कुनै पनि संरचना बनाउँन नपाईने बताए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
FEATURE BREAKING

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार
विविध

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

धान उत्पादनमा प्रख्यात ओखलढुङ्गाको रामपुरटार क्षेत्र । तस्बिर : नवराज कार्की/रासस

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३
हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

अशोज २६, २०८३

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

अशोज २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३
तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

अशोज २७, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.