इटहरी : लडडाउनको बेवास्ता गरी घरबाहिर निस्कनेलाई ईलाका प्रहरी कार्यालय इटहरीले आजबाट कारबाही गर्ने भएको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले लकडाउनको बेवास्ता गरी घरबाहिर निस्कने जो कोही भएपनि कारबाही हुने बताए । मंगलबार लकडाउनको पहिलो दिन बेवास्ता गरेर सयौँको संख्यामा इटहरीमा निस्कनेलाई सम्झाई बुझाई गरेर छाडिएको बताउँदै उनले आजबाट कसैलाई छुट नहुने बताए ।
‘सडकमा सवारी कुदाउने र हो–हल्ला गर्नेहरुलाई हामी कारबाही गर्छौँ,’ उनले टाकुरासँग भने, ‘लक डाउन कसैको व्यक्तिगत स्वार्थका लागि होइन, सर्वसाधरण मानिसहरु बुझ्नुहुन्न ।’
प्रदेश १ को चौरास्त सहर इटहरीमा सबै तिरबाट सर्वसाधरणहरु आउने गरेको भन्दै यसलाई कडाई उनले बताए । कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले विश्वलाई नै आतंकित बनाइरहेको अवस्थामा नेपालीहरुले सरकारको निर्देशन मान्न अटेर गरेको पाइएमा प्रहरीले कारबाहीको प्रक्रियामा जाने बताए ।
घरमै बसेर प्रहरी प्रशासनलाई सहयोग गर्न उनले अपिल गरे ।
उदयपुरमा भरुवा बन्दुकसहित एक युवक पक्राउ
उदयपुर : उदयपुरको रौतामाई गाँउपालिका ७ स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट संगमचोकबाट...
Discussion about this post