इटहरी (डेस्क) : तीन महिना अगाडि चीनबाट देखिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी २१ हजार १ सय ८५ जनाको मृत्यु भएको छ भने ४ लाख ६८ हजार ५ सय ७७ जनामा संक्रमण भएको पाइएको छ।
भाइरस संक्रमितमध्ये १ लाख १३ हजार ८ सय १७ जना उपचार पश्चात निको भइ अस्पतालबाट घर फर्केका छन्।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार अहिले विश्वमा ३ लाख ३३ हजार ५ सय ७५ जना कोरोना भाइरस संक्रमितहरु विभिन्न अस्पतालहरुमा उपचाररत छन्। यीमध्ये ३ लाख १८ हजार ६ सय ७८ जनाको अवस्था सामान्य छ भने १४ हजार ८ सय ९७ जनाको अवस्था गम्भीर रहेको छ।
चीन, इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स, स्वीट्जरल्याण्ड, बेलायत, दक्षिण कोरिया, नेदरल्याण्ड्स, अष्ट्रिया र बेल्जियम सबैभन्दा बढी प्रभावित भएका छन्।
Discussion about this post