Sunday, August 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोरोना भाइरस : नेपालले स्वास्थ्य क्षेत्रमा सिक्नुपर्ने पाठ

कृष्ण पाण्डे

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १६, २०७६
in टाकुरा विशेष, विचार
0
कोरोना भाइरस : नेपालले स्वास्थ्य क्षेत्रमा सिक्नुपर्ने पाठ
273
SHARES
Share on FacebookShare on Twitter

कोरोना भाइरसले मच्चाएको त्रासदी, भयावह स्थितिले विश्व मानव समुदायलाई नै ससंकित बनाएको छ । सामाजिक, आर्थिक तथा मानवीय संकट निम्त्याएको छ ।

प्रकृति र मानव बीचको एकतर्फी लडाई जस्तो । चीनको वुहानदेखि सुरु भएर आज विश्वभरि नै फैलिएको छ । ४ घण्टा देखि ७२ घण्टा सम्म आयु भएको कोरोना भाइरसको बारेमा मैले गरेको अनुसन्धानमा यो एउटा साधारण भाइरस, जसको उपचार तथा औषधी नै बनेको छैन । यसबाट बच्न स्वास्थ्य सम्बन्धी जागरुकता, पोषणयुक्त साकाहारी खाना खाने, एक आपसमा दूरी राख्ने, सफा सुग्घर बस्ने, सावुन पानीले २० देखि ३० सेकेन्ड सम्म हात धूने, मुख, नाक, आँखा देखि भित्र फैलिने हुनाले सधैँ सफा राखी विशेष ध्यान दिने ।

अहिले सम्मको तथ्यांक अनुसार ५० बर्ष भन्दा माथीका मानिसहरुलाई बढी प्रभाव पारेको देखिन्छ । आजको दिनसम्म ३१,००० भन्दा बढी मानिस मृत्युबरण भैसकेका साथै ६,६३,९२८ भन्दा बढी कोरोना भाइरसबाट प्रभावित छन् । अहिलेको आँकडा अनुसार ४.६५ प्रतिशत मृत्युरेट छ भने २१.४२ प्रतिशत रिकभरि भएको देखिन्छ ।

कोरोनाबाट चीन कसरी सफल ?
नागरिक अनुशासन
स्वास्थ्यजनचेतना
प्रभावकारी सरकारी पहल
सरकारी सुन्य सहनसिलता
सामाजिकमिडिया तथासन्जालमालगाम
उमेरको आधारमा रोगको बर्गीकरण तथा उपचार पद्धति
कोरोनाको प्रकृति, प्रकार, प्रभाव तथा नियन्त्रणबारे अध्ययन गरी उपयुक्त उपचार पद्धति अपनाउनु ।

अमेरिका तथा युरोप कोरोना भाइरस नियन्त्रण गर्न किन सफल हुन सकेन ?
शक्तिको घमण्ड
स्वास्थ्यलाई भन्दा अर्थतन्त्रलाई बढि ध्यानदिनु
कोरोनालाई हल्का रुपमा लिनु
स्वतन्त्रता, मानव अधिकार तथा खुल्ला क्षेत्र ।
३४ प्रतिशतभन्दा बढी ५० बर्ष नाघेका मानिसहरुको बाहुल्यता, बृद्धहरुलाई बढि प्रभावपार्ने हुनाले कोरोनाभाईरसको बढ्दो क्रम
२७ प्रतिशत अमेरिकन तथा युरोपियनहरु मात्र घरमाखानापकाएर खान्छन् । बाँकी७३ प्रतिशतमानिसहरु रेष्टुरेण्टमा खानाले मानिसहरुसँग बढि सम्पर्क हुदा बढि प्रभाव
सामाजिक सुरक्षा तथा बीमा जस्ता कुराहरुबाट लाभान्वित हुने हुँदा सरकारसँग बढी आश्रित ।
कोरोनाको प्रकृति, प्रकार, प्रभाव तथा नियन्त्रणलाई मध्यनजर गरिी औषधी उत्पादन गरी बाजारीकरण तर्फ अध्ययन गर्नु

 

चाईना, अमेरिका, युरोप, भारत तथा नेपालमा कोरोना भाइरसको प्रकोप :

कोरोनाको विश्वव्यापी प्रभावः

कोरोना भाइरसको माहामारीले मानवीय क्षती मात्र नभई विश्वको अर्थतन्त्रलाई नै नराम्रो तरिकाले प्रभाव पार्ने देखिन्छ । यसको प्रभावले केही नकारात्मक तथा धेरै सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
१) बेरोजगार:विश्वव्यापी रुपमा प्रत्येक उद्योग तथा व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

२) व्यापार घाटा भई बैंक डिफल्ट हुने देखिन्छ ।

३) एकिकृत शक्तिलाई सन्तुलन बनाउने ।

४) चाईनाको विश्वव्यापी प्रभाव तीब्र हुने ।

५) एशिया महादेश अमेरिका तथा युरोप भन्दा शक्तिशाली हुने ।

६) अणु, एटम बम, हातहतियारको उत्पादनमा कमी आउने ।

७) विश्वव्यापी जैविक तथा साईवर हतियारमा जोड दिने ।

८) कोरोनाको असरले विश्वव्यापी रुपमा हरेक व्यक्तितथा देशले आफ्नो गन्तव्य र सोच बदल्ने छ ।

९) बैदेशिक रोजगार तथा माईग्रेसन व्यापारमा मन्दी आउने छ ।

१०) हरेक देशले आधारभूत व्यवस्थालाई मजबुत तथा व्यवस्थित बनाउने तिर ध्यान दिनेछन् ।

११) राष्ट्रिय स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार आउने छ ।

१२) मातृभूमि नै सुरक्षित तथा देश भक्तिको भावनाजाग्ने देखिन्छ ।

१३) हरेक देशको स्वास्थ्य व्यवस्थामा सुधार हुने देखिन्छ ।

कोरोनाको प्रभावबाट नेपालले स्वास्थ्य क्षेत्रमा सिक्नुपर्ने पाठः
१) स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, बिकेन्द्रीकरण गर्ने, सरकारी क्षेत्रलाई बढावा दिने ।

२) सरुवा रोग अनुसन्धान तथा रोकथाम विभागलाई क्रियाशिल बनाउने ।

३) प्राईभेट अस्पतालहरुले आफ्नो स्तर उन्नती, प्रबिधि, तालिमतथा अनुसन्धानमा जोड दिने ।

४) नेपाली जनताहरुको लागि स्वदेशमै उपचारको लागि विश्वसनीय वातावरण बनाउन प्राईभेट क्षेत्रमा लगानी तथा प्रबिधि भित्राउने ।

५) सरकारले अन्र्तराष्ट्रिय स्तरको सुपर स्पेशलिटी अस्पतालको बिकास गर्ने । अन्र्तराष्ट्रिय स्तरका विशेषज्ञ विदेशी चिकित्सक नियुत्तिगर्ने र रजिष्ट्रेशन खुल्ला गर्ने ।

६) बिदेशमा बिरामी रेफरको व्यवस्थालाई निरुत्साहित गर्न प्रत्येक अस्पतालमा टेलिमेडिसिन सेन्टर स्थापना गर्ने जसको नियन्त्रण तथा व्यवस्थापन सरकारले नै गर्ने । कर तथा सामाजिक सुरक्षा योगदानको आधारमा सघन उपचार निःशुल्क गर्ने तथा यसको लागि नीति निर्माण गर्ने । जसले गर्दा जनविश्वासको साथमा नेपालमा आन्तरिक मेडिकल टुरिजम विकासको लागि टेवा पुग्ने देखिन्छ । अरबौँ रुपैँया उपचारको लागि बिदेशमा जानबाट रोकी देशको अर्थतन्त्र मजबुत बनाउन पहल गर्नु पर्दछ ।

७) बरिष्ठ सरकारी तथा प्राईभेट चिकित्कलाई दैनिक १ घण्टा निःशुल्क टेलिमेडिसिन कन्सल्टेसनको लागि अनिवार्य व्यवस्था मिलाउने, प्रत्येक अस्पतालमा टेलिमिडिसिन सेन्टर खोल्न अनिवार्य बनाउने, स्वास्थ्य प्रबिधि भित्राउने तथा नियमित रुपमा स्वास्थ्य शिक्षा, आविष्कार तथा अनुसन्धानात्मक गोष्ठि, अन्तकृया तथा तालिमको आयोजना गर्ने ।

८) स्वास्थ्य सम्बन्धी व्यवस्थापन तथा बिकासको लागि विशेष स्वास्थ्य व्यवस्थापन विभागको गठन गर्ने जसको नीति निर्माण तथा प्रविधि विकासको कार्यान्वयनको लागि बिदेशी विशेषज्ञहरुलाई आमन्त्रण गर्ने ।

९) बिदेशी औषधी नेपालमा भित्राउन नदिने यसको बदलामा नेपालमा बिदेशी लगानी गर्ने बाताबरण बनाईदिने ।

१०) नयाँ स्वास्थ्य बीमा पोलिसी ल्याउने जसको उपयुक्त कार्यान्वयनको लागि थर्ड पार्टी प्रशासक को नीतिगत व्यवस्थापन गर्ने ।

(लेखक पाण्डे नेपाल मेडिकल टुरिजम अर्गनाईजेशनका अध्यक्ष हुन् ।)

 

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
FEATURE BREAKING

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो
टाकुरा विशेष

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : इटहरीको स्थानीय विषयवस्तु समेटिएको ‘इटहरीको सेरोफेरो’ नामक पुस्तकमा तथ्यहीन, असत्य र भ्रामक सामग्री राखिएको भन्दै पाँच जना स्थानीयले...

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

साउन २२, २०८३
अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

साउन ३०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

साउन ३०, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.