धरान : एकदिनमा १२ वटा मात्र स्वाबको परीक्षण गराउँदै आएको सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा सोमबार १७ वटा स्वाबको नमुना परीक्षण गरिएको छ ।
प्रतिष्ठानको माइक्रोवायोलोवी विभागको ल्याबमा सोमबार एकै पटक १७ वटा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको प्रतिष्ठानका सहप्रबक्ता डा. अशोक एरले बताए । उनका अनुसार सोमबारसम्म प्रतिष्ठानको ल्याबमा ६५ वटा स्वाबको नमुना परीक्षण गरिएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । ‘अहिलेसम्म हाम्रो आइसोलेसनमा एक जना भर्ना भएका छन्,’ उनले भने, ‘आजसम्म टेष्ट गरिएको नमुनाको सबै रिपोर्ट नेगेटिभ आएको छ ।’
अहिलेसम्म प्रदेश १ का विभिन्न अस्पतालको आइसोलेसनमा १५ जना रहेका छन् भने क्वारेन्टाइनमा ६१० जना रहेका छन् । त्यस्तै, सुरक्षा निकायको निगरानीमा २ हजार ८ सय ४७ जना रहेका छन् । प्रदेश १ का १४ जिल्लामा ४ हजार ३७ वटा बेड रहेको छ । त्यस्तै, आइसोलेसनका लागि भने ४३८ वेड रहेको छ भने गम्भीर प्रकृतिका बिरामी आएको अवस्थामा ४४ वटा आइसियु बेड रहेको बताईएको छ ।
भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै, पैदलमार्ग बनाउने योजना
भोजपुर : सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा...












Discussion about this post