इटहरी : प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेतको संख्या ५ सय ९२ पुगेको छ । त्यस्तै, आइसोलेसनमा बस्नेको संख्या १० पुगेको छ ।
स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा ३ हजार ४ सय १७ जना बस्दै आएका छन् । यसअघि आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना डिस्चार्ज भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ ।
उता, मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा नेपाली सेनाले विभिन्न देशको रोजगारीबाट स्वदेश फर्किएका तथा भारतबाट भित्रिएका १ सय ४८ जना नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।
यसैबीच, प्रदेश १ मा अहिलेसम्म कोरोना परीक्षणको लागि नमूना संकलन तथा परीक्षण (पीसीआर) अन्तर्गत गरिएको अहिलेसम्मको परीक्षणमा कोरोना नभएको देखिएको छ । कुल २ सय ११ नमूना संकलन भई परीक्षण गरिएकोमा ३६ महिलासहित १ सय ५३ पुरुषको रिर्पोट नेगेटिभ देखिएको छ । शनिबार जम्मा ४ महिला र २७ पुरुष गरी जम्मा ३१ जनाको नमूना पठाइएको छ । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण हुँदै आएको छ ।
विराटनगर क्रिकेट लिग शुक्रबारदेखि
विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा हुने भएको छ ।...













Discussion about this post