Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सरकार ! महामारीको भूमरीबाट बचाऊ

विशाल रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०७७
in टाकुरा विशेष, विचार
0
कसरी मानसिक सन्तुलन स्वास्थ्य राख्न सकिन्छ !
592
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँमा आवश्यक भरपेट खान नपाएर गाउँ हिडेँका मानिसको समाचार बारम्बार आइरहँदा मन कुँडियो । उनीहरुले काठमाडौँबाट हिँडेर गाउँ जाँदाको कारुणिक दृष्यले हृदय हल्लायो ।
खासमा गरिब र बिपन्नले यो देशमा बाँच्न पाउँने नैसर्गिक अधिकार छैन भन्ने भान हुन्छ, अहिलेको वर्तमान बिषम् परिस्थितिलाई नजिकबाट नियाल्दा । चाहे देशमा बर्षेनी आउँने उर्लदो भेलमा होस् वा भुकम्प । वा, भनौँ चैते हुरीले घरको छानो उडाउँदा होस् कि आगलागीमा घर जल्दा । आखिर मन दुख्ने भनेको गरिबको हो । शोषणमा पर्ने भनेको गरिबको हो । जहिल्यैपनि सामन्तबाद्, दलाल र पुँजीबादले सर्वहारा मानिसप्रति ज्यादति गरेको उदाहरण विद्यमान छ ।
जो कोही व्यक्तिले आफ्नो व्यक्तिगत जीवनका निम्ति र परिवारका लागि अपरिहार्य पर्ने गाँस, बास कपास, शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण कुराका लागि सधँै आवश्यक हुँदा दैनिक श्रम रोजगार गरी पैसा प्राप्त गरेर आफ्ना आवश्यक पूरा गर्दै आएको कुरा लेखिरहन पर्दैन । उनीहरुलाई पनि गरिबको भूमरीबाट जोगिएर धन आर्जन गर्ने र सुखसँग परिवार पाल्ने रहर हुन्छ । उनीहरुका पनि सपना हुन्छन् । र, धन कमाएको गाथा बुन्छन्–दुःखको भूमरीमा रुमल्लिदैँ ।
अहिले मुलुक कोभिड–१९ ले गर्दा आक्रान्त बनिरहेको अवस्था छ । अहिले धेरैको श्रम चौपट भएको र उनीहरुको अवस्था दयनीय रहेको छ । दैनिक श्रम गरेर आएको रकमबाट घर खर्च चलाउने र आवश्यक खाद्यान परिपूर्ति गर्नेको अवस्था ज्यादै कष्टकर बनिरहेको छ । नेपाल एक भुपरिबेष्ठित मुलुक भएकाले सजह रुपमा केहि पनि प्राप्त गर्न सकिदैँन । यहा प्रचूर मात्रामा प्राकृतिक साधन स्रोत भएपनि विभिन्न प्राकृतिक विपद् रोगको महामारीले गर्दा नेपालको आर्थिक बृद्धिदर उस्कन सकेको अवस्था छैन । सबै विपद् सँग सामना गरेर अगाडि बढ्दै गर्दा पनि नेपालमा कुनै न कुनै बिपत्ति आइलागिहाल्छ । यसले गर्दा हामी आम सर्वसाधारण मानिसहरुको दिमागमा खलल पुर्र्याएको अवस्था छ ।
अहिले विश्वभरि फैलिरहेको रोगले गर्दा नेपाल झण्डै एक महिनादेखि लकडाउनको अवस्थामा सिज्रित छ । यो अवस्थामा धेरैको दैनिकिको रोजिरोटी श्रम गुमेको छ । सबैले बाँच्न पाउनुपर्छ, कसैले भोकै मर्नु हुँदैन भनेर राज्यले नागरिकको आवश्यकतालाई मध्यनजर गरी विभिन्न राहतका प्याकेज ल्याएको छ । यो सँगै सबैले बाँच्नुपर्छ भनेर विभिन्न दाता तथा सघं सस्था गैरआवासीय सार्वजनिक निजी सहकारी क्षेत्र आँफूले सहयोग गर्न सक्ने व्यक्तिहरुले बिपन्न परिवारको जीवनयापन सहज होस् कुनै पनि साधारण आवश्यकताबाट बन्चित नहोस् भनेर कोष खडा गरी करोडौँ रकम सङ्कलन गरिराखेको अवस्था छ । यो रकम वास्तविक बिपन्न, गरिब परिवारले आँफूले पाउँने राहत लिनका लागि विभिन्न समस्या दुव्र्यवहार जस्ता कुरा झेल्नुपरिरहेको छ । ती समस्याको सामना गर्दै अाँफूले पाउने राहत लिन र आफ्नो पेट पाल्नकै लागि भएपनि राहत पाउँनु आवश्यक हुन्छ । तर, उनिहरुले अखाद्य वस्तु, कुहिएको चामल राहतमा पाउँदा मन कति खिन्न हुँदो हो ? यो बिषयमा सरकारले ध्यान दिन जरुरी छ ।
खास गरिब, विपन्न परिवारले पाउँने राहतका लागि सधैँ दुव्र्यवहार र अन्याय गरिराखेको पाइन्छ । सरकारले गरिब, विपन्न नागरिकहरुकै कारण आँफूले शासन गर्न पाइराखेको कुरा भुल्न हुँदैन । उनिहरु यो देशका नागरिक होइनन् र सरकार ? उनीहरु प्नि मतदानमा सक्रिय रुपले भाग लिन्छन् राज्यले प्रदान गर्ने सार्वजनिक सेवामा भाग लिइ सेवा प्राप्त गर्छन् । र, पनि उनीहरुमाथि नै सधैँजसो सामन्तबाद, दलाल र पुँजीबादले अत्याचार गरिरहने आखिर के का लागि ? अहिले देशमा लकडाउन भएपछि हरेक मानिसलाई एउटा गतिलो उदाहरण बनेको छ । आखिर घमण्ड, रिस र इष्र्या के का लागि ? जति नै जे–जे भएपनि अन्तिम सत्य त बाँच्नु पो रहेछ त । र, पनि आखिर किन गरिब र विपन्न माथि अत्याचार भईरहेको छ ? दैनिक श्रम गरेर खाने परिवारलाई खान नपाएर भोकै मर्नु नपरोस् भनेर अहिले विभिन्न चरणमा सरकारले राहत वितरण गरिराखेको छ ।
राहत वितरणमा स्थानिय प्रशासनको महत्वपूर्ण भूमिका रहेको छ । तरपनि राहतमा कम तौल कतै कुहिएको चामल दाल आलु जस्ता खानलाइ अद्याद्य वस्तु वितरण भइरहेको छ आखिर सब किन यस्तो हुन्छ । स्थानिय जनताको माग आवश्यकताका खातिर स्थानिय सरकार सगै रहेको हुन्छ उनिहरुले त्यस्तो जनताको स्वास्थ्यलाइ प्रतिकुल गर्नेलाइ कारबाहिको साटो आफ्नो नै भुमिका निभाइरहेको देखिन्छ । के उनिहरुले समान रुपले बाच्ने नैर्सगिक अधिकार गुमाएको हो ।
विपन्नलाई आएको राहतमा पनि बिचौलियाको बिगबिगि हावी हुन्छ । विपन्नले पाउँनु पर्नेमा सम्पन्न व्यक्तिको हातमा राहतको प्याकेज उपलब्ध हुन्छ । अबका दिनमा राहत वितरणमा प्रभावकारी हाँसिल गर्न अहिले स्थानीय सरकारले राज्यबाट प्रदान गर्ने सेवा सुविधामा यकिन तथ्याङ्क अन्वेषण गरी वास्तविक विपन्नलाइ समान रुपमा वितरण गर्न सक्नुपर्दछ । विपन्नको वास्तविक पहिचान गरी सङ्कलन भएको राहतमा समान ढङ्गले वितरण तथा एकरुपता हुनुका साथै पारर्दशीता हाँसिल हुन्छ ।
स्थानीय सरकारले के बुझ्न जरुरी छ भने यीनै जनताले नै हामीलाइ जिताएका हुन् । हामीले नै उनीहरुको माग बमोजिम सेवा प्रदान गर्नुपर्छ भन्ने हेक्का राख्नुपर्दछ । राहत वितरणलाइ प्रभावकारी बनाउँन सबै मिलेर सानो गठन समिति बनाएर जाँदा प्रभावकारी बन्न सक्छ । यस्तो बेलामा हामीले सेवाका खातिर घरघरमा नै स्वास्थ्य हानीकारक होइन हामी सबैले खाने भन्दा उत्कृष्ट खाद्यान्न प्रदान गर्न सकिएमा विपन्न मानिसहरुको मनोबल उच्च हुन पुग्दछ । वितरणमा बिचौलाको हावी भएमा खास पीडित र बिपन्न मानिसको बिचल्ली हुने निश्चित छ ।
तपाईँ, हामी सबैले सम्मानपुर्वक देशमा बाँच्न पाउने हक रहेको छ । त्यसैले कोही कसैको पनि स्वास्थ्यमा खेलवाड नगरी राहतका प्याकेज वितरण गर्न आवश्यक देखिन्छ । आगामी दिनमा राहत वितरणमा थप प्रभावकारी भूमिका खेल्न सरकारसमक्ष जनताको आशा छ । यो आशा निराशामा परिणत् नहोस् सरकार । विपत्तीमा सधैँ जनता सरकारको पक्षमा छन्, सरकारले पनि जनताको आवाज सुनिदिए कसो होला ! अन्त्यमा, सरकार यो महामारीको भूमरीबाट जनतालाई बचाऊ, यो महामारीको भूमरीबाट देशलाई बचाऊ, जनता बाँचे भने तिमीलाई त जनताले नै बचाउँनेछन् ।

(इटहरीमा बसेर समसामयिक बिषयमा कलम चलाउने रेग्मीको निजी बिचारसँग सम्बन्धित यो लेख उनले टाकुराका लागि लेखेका हुन् ।)

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वामपन्थीहरूको छटपटाहट
टाकुरा विशेष

वामपन्थीहरूको छटपटाहट

by कृष्ण अधिकारी
असार २५, २०८३
0

मदन भण्डारीले नेपालका कम्युनिष्टहरूलाई सत्ताभोग गर्ने मन्त्र दिएर गएका थिए । त्यो मन्त्र थियो ‘जनताको बहुदलीय जनवाद ।‘ त्यसमा मनमोहन...

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने
टाकुरा विशेष

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

इटहरी : धेरैका लागि लोकसेवा आयोगको नाम निस्कनु जीवनको सबैभन्दा ठूलो उपलब्धि हुन्छ। स्थायी सरकारी जागिर सुरक्षित भविष्यको पर्याय मानिन्छ।...

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

असार २०, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी सरकार

असार १८, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

असार ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.