इटहरी : प्रदेश १ मा एकैदिन १२ जनालाई कोरोना संक्रमणको पुष्टि भएपछि यहाँका जिल्लाबासीहरु त्रसित भएका छन् । सुनसरीको छिमेकी जिल्ला उदयपुरको एक मस्जिदमा एकैदिन १२ जना कोरोना संक्रमित पुष्टि भएपछि सुनसरीमा विशेष सर्तकता अपानाईएको छ ।
सुनसरी प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद शर्माका अनुसार जिल्लाका मुख्य सहरहरुमा थप कडाईसँगै सतर्कता अपनाइएको छ । जिल्लाको इटहरी, धरान, इनरुवा तथा बराहक्षेत्र लगायतका स्थानमा प्रहरीले कडाई थर्न थालेको उनको भनाई थियो । उनले भने, ‘बाटामा जो निस्कन्छ त्यो क्वारेन्टाइनमा गयो ।’ उनले सडकमा जो कोही नागरिक निस्किएपनि क्वारेन्टाइनमा राख्ने चेतावनी दिए । ‘आजबाट सब्जी बेच्न पनि पाइनेछैन,’ उनले फोन सम्पर्कमा भने, ‘जो बाटोमा निस्कन्छ उसलाई सिधै टाँडीको क्वारेन्टाइनमा राख्छौँ ।’
भारतीयहरु सुनसरीको नाका हुँदै आउन सक्ने भन्दै प्रहरीले कडाई गर्ने थालेकाले सीमा क्षेत्रलाई प्रहरीले थप कडाई गर्ने उनको जिकिर थियो । उनका अनुसार मानिसहरु एकआपसमा भेटघाट गर्ने तथा सडकमा निस्किए क्वारेन्टाइनमा नै राखिनेछ । सडकमा आजबाट सुरक्षाकर्मी र स्वास्थ्कर्मीहरु बाहेक अन्य सवारी साधनहरु गुडेमा पक्राउ गरिने बताए ।
उनले सबै नागरिकले कोरोना भाईरसको महामारीबाट बच्ने उपायहरु अपनाउदै घर भित्र बस्न माइकिङ्ग समेत गरिदैँ आएको जानकारी दिए ।
खोटाङ : ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन
खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बासिन्दाले...














Discussion about this post