इटहरी : अहिले कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक लकडाउनमा छ । कोरोनाको जोखिम त छ नै । यसैबीच कोरोनाको औषधी पत्ता नलागिरहेको सन्र्दभमा आयुर्वेद औषधी व्यवसायीहरुले भने सरकारले आयुर्वेदिक औषधीलाई नपत्याएको गुनासो गरेका छन् ।
उनीहरुले आयुर्वेदको प्रयोग गरे कोरोनाबाट मुक्त हुने बताउँदै सरकारले आफ्नो कुरा नसुन्ने गरेको व्यवसायीहरुको गुनासो छ । आयुर्वेद व्यवसायी संघ प्रदेश १ का अध्यक्ष बैध जगत बहादुर भट्टराई भन्छन्, ‘विश्वमै नेपाल जडिबुटीको धनी देश हो, तर सरकारले यसलाई उचित प्रयोग गर्न नजान्दा विभिन्न रोगको उपचारका लागि प्रयोगमा ल्याउँन नसक्नु समग्र देशकै लागि दुःखद् हो ।’ उनले देशमा उत्पादन भएका जडिबुटीको आवश्यक पहिचान गरी उपचार पद्धतिमा लागू गरेमा जस्तोसुकै रोगको पनि समाधान हुने तर्क गरे । भट्टराई भन्छन्, ‘अहिले महामारीका रुपमा फैलिएको कोरोना संक्रमितका लागि पनि जडिबुटीबाट बनेको आयुर्वेदिक औषधीको प्रयोग गरेमा संक्रमितका लागि जोखिम न्यूनीकरण हुन्छ ।’ उनका अनुसार मानव स्वास्थ्य रक्षाका लागि र शरीरमा रोग प्रतिरोधात्मक क्षमताको बृद्धि गरी जुनसुकै भाइरससँग लड्नका लागि आयुर्वेदिक औषधीको प्रयोगले फाइदा गर्ने भएपनि सरकारले यसलाई बेवास्ता गरिरहेको छ ।
जडिबुटीको उत्पादन र प्रयोगलाई बढाएमा देशको अर्थतन्त्र पनि मजबुत हुने उनको भनाई थियो । उनले आयुर्वेदलाई सरकारले मुख्य चिकित्सा प्रणाली अन्र्तगत राख्नुपर्ने बताउँदै अहिले बैकल्पिक चिकित्सामा मात्र राखेको जानकारी दिए । अहिलेको बिषम् परिस्थितिमा सरकारले आयुर्वेदिक डाक्टरसँग समन्यव गरेर रोगसँग लड्नका लागि उचित जडिबुटीको पहिचान गरी कदम चाल्नुपर्ने उनको भनाई छ । आयुर्वेदलाई सरकारले चिन्न अझै पनि ढिला गरेमा देशले थप क्षती व्यहोर्नुपर्ने उनको भनाई थियो । सरकारले आफ्ना मातहतका आयुर्वेद सँग सम्बन्धित स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई तत्काल प्रयोगमा ल्याउँनुपर्ने उनी बताउँछन् ।
डाक्टर इश्वर अधिकारी पनि सरकारले यो समयमा मात्रै नभई जस्तोसुकै परिस्थितिमा पनि आयुर्वेदिक औषधीको प्रयोग गर्नुपर्नेमा जोड दिन्छन् । उनले टाकुरासँग भने, ‘आयुर्वेदको ज्ञान भएका मानिसहरुले नै चासो नदेखाएका कारण जडिबुटी क्षेत्र धराशयी बन्दै गएको छ, यसमा ज्ञान भएका मानिसहरुलाई प्रयोगमा ल्याउँन आवश्यक रहेको छ ।’ उनका अनुसार सरकारी संयन्त्रका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीले तत्काल यससम्बन्धी सचेतना फैलाउँन आवश्यक छ । ‘विज्ञहरुले नै यसमा चासो नदेखाएका कारण जडिबुटीको कम प्रयोग भइरहेको छ,’ उनले भने, ‘जडिबुटीकै कारण जस्तोसुकै रोगसँग लड्न सकिने र देशको अर्थतन्त्र पनि बलियो हुनेछ ।’
आयुर्वेद कविराज सुजन तिम्सिना पनि सरकारले आयुर्वेदलाई नपत्याएको गुनासो गर्दै भन्छन्, ‘कोरोनाका विरामीलाई आयुर्वेद र एलोपेथिक औषधी प्रयोग गरेमा ९५ प्रतिसत ठीक हुन्छ ।’ उनले कोरोना लागेका बिरामीलाई एलोपेथिक र आयुर्वेदिक औषधी चलाउनुपर्ने बताउँदै अहिले पनि नेपाली समाजमा आयुर्वेदले काम गर्ने विश्वास नगरिएको बताए । ‘नेपाली समाजमा आयुर्वेदले यत्रो ठूलो काम गर्छ र भन्ने हुनसक्छ,’ उनले भने, ‘तर यो सम्भव छ, एन्टिभाइटिकले कुनै पनि भाइरस मार्दैन ।’
सुनसरीका पत्रकार हिमाल राईको निधन, शव पोस्टमार्टमका लागि बीपी प्रतिष्ठान लगियो, छोरा युकेबाट आएपछि अन्त्यष्टि गरिने
इटहरी : सुनसरीका अग्रज पत्रकार हिमाल राईको निधन भएको छ । बराहक्षेत्र २ निवासी राईको आज (आइतबार) निधन भएको हो...
Discussion about this post