Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीबासीको एउटै आवाज– इटहरीमा सुविधासम्पन्न अस्पताल चाहियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०७७
in टाकुरा विशेष, समाचार
0
६ लेन सडक : इटहरीमा २५–२५ मिटर नै चौडा हुने निर्णय (पत्रसहित)
5.8k
SHARES
Share on FacebookShare on Twitter

२०७४ सालमा प्रदेशको निर्वाचनताका बेला सर्वध्वज साँवाले इटहरीमा आकाशे पुलसहितको डेटिङ स्पोर्ट बनाउँने कुराले राम्रै चर्चा पायो ।

त्यति मात्र हैन, साँवाले चुनावताका समयमा आँफूले इटहरीमा दुई सय बेड क्षमताको सुविधासम्पन्न अस्पताल बनाउँन आफ्नो उमेद्धारी रहेको कुराले चर्चा पायो ।
सोही कारणले गर्दा पनि उनी प्रदेशसभामा निर्वाचित भए । साँवा त एक प्रतिनिधि पात्र मात्र हुन् । यहाँबाट चुनावमा प्रतिष्पर्धा गरेका सबैजसो राजनीतिक दलहरुले इटहरीमा सुविधासम्पन्न अस्पताल बनाउँने मुद्धा अगाडि सारेका थिए ।

तर, अहिले न त इटहरीमा सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ, न त यहाँको चौतर्फी विकास नै भएको छ ।
यसैबीच इटहरीका सर्वसाधारण नागिरकदेखि सामाजिक अभियन्ताहरुले अहिले इटहरीमा सुविधासम्पन्न अस्पताल बनाउँनका लागि माग गरिरहेका छन् । सामाजिक सञ्जालमा मात्र नभई अहिले यहाँका नागरिकहरु स्थानीय सरकार र प्रदेश सरकारलाई घचघचाइरहेका छन् ।

अहिले कोभिड–१९ का कारण विश्व महामारीको अवस्थामा रहेकाले इटहरीमा एउटा सुविधासम्पन्न अस्पताल निर्माण नहुँनु अस्वभाविक रहेको अभियन्ताहरुको तर्क छ ।
अहिले एकथरीले इटहरीमा अस्पताल माग गरिरहेका छन् भने एकथरीले आकाशे पुलको माग गरिरहेका छन् । तर, सीमित मानिसहरुले यी दुवैको आवश्यकता रहेको बताउँछन् । संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसी भन्छन्, ‘नाम मात्रको दुई सय बेडको अस्पताल बनाएर काम छैन, म्यानपावर पनि हेर्नुपर्ने हुन्छ ।’

केसीले आँफूले पनि अस्पताल चाहिने बताउँदै आएको भएपनि इटहरीलाई ट्रमा सेन्टर बनाउँनुपर्नेमा जोड दिए ।

उनले भने, ‘इटहरीमा ट्रमा सेन्टर बनाउँनुपर्छ, आकस्मिक रुपमा हामी जानुपर्यो भने कि धरान कि विराटनगर पुग्नुपर्ने हुन्छ ।’ उनले इटहरीमा जेनेरल अस्पताल नभई कुनै एक रोगलाई विशेष प्राथमिकतामा राखेर उपचार गरिएमा सहज हुने तर्क गरे ।

‘पूर्वाधार मात्र बनाएर काम नै छैन, राज्यले म्यानपावर पनि धान्न सक्नुपर्छ र स्पेसल एउटा कुनै रोगका लागि र आकस्मिक सेवा सञ्चालन गर्न आवश्यक छ,’ केसीले टाकुरान्यूजसँग भने, ‘सबैभन्दा ठूलो कुरा पूर्वाधार मात्र हैन, म्यानपावर पनि हो ।’
स्थानीय युवा अभियन्ता सम्राट थापाले भने चियागफमा विश्व परिवर्तन गर्नेहरु नै इटहरीमा अस्पताल बनाउँनपर्छ भन्दा नसुने जस्तो गरेको गुनासो गर्छन् ।

उनी भन्छन्, ‘हातको औँलामा गन्ने नै हो भने नेपालको सबैभन्दा बढी समाजसेवी बस्ने सहर भन्छन्, तर यहि इटहरीमा गरीवका लागि जीवनको मूल्य छैन ।’

थापाले इटहरी उपमहानगरपालिकाका विज्ञहरुसँग छलफल गरी तत्काल यसको कामलाई अगाडि बढाउँनुपर्नेमा जोड दिए ।

‘हिजोको दिनमा प्रदेशको राजधानी माग्दा इटहरीमा यस्ता विशेषता छन् भन्दै फूलमाला सहित हिड्नेहरु कहाँ छन्,’ उनले भने, ‘आज गरीबका लागि अस्पताल माग्दा किन सबैजना मौन ?’

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
FEATURE BREAKING

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार
विविध

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

धान उत्पादनमा प्रख्यात ओखलढुङ्गाको रामपुरटार क्षेत्र । तस्बिर : नवराज कार्की/रासस

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३
हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

अशोज २६, २०८३

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

अशोज २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३
तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

अशोज २७, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.