Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

प्रहरी र युवा संघका अध्यक्षको मिलेमतोमा दमकमा खोला दोहन (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ४, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
प्रहरी र युवा संघका अध्यक्षको मिलेमतोमा दमकमा खोला दोहन (भिडियोसहित)
1.8k
SHARES
Share on FacebookShare on Twitter

झापाको दमकमा प्रहरी र राष्ट्रिय युवा संघ झापाका जिल्ला अध्यक्षको मिलेमतोमा खोला दोहन भएको पाईएको छ ।

दमक नगरपालिका वडा नं. १ र २ को सिमानामा पर्ने रतुवा खोलामा नयाँ बन्दै गरेको पुलमुनि प्रहरी र युवा संघका अध्यक्षको मिलेमतोमा खोला दोहन भएको पाईएको हो ।

स्थानीय कुमार राईले सो बिषयमा बिरोध गर्दा ईलाका प्रहरी कार्यालय दमकका डीएसपी विजय पण्डितले पक्राउ गरी थुनामा समेत राखेका थिए । मापदण्ड विपरीत खोला दोहन भएपछि स्थानीयले बिरोध गरेपनि प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेको स्थानीयको गुनासो छ ।

स्थानीय कुमार राईले भने, ‘पुलमुनि नै धमाधम मापदण्ड विपरीत खोला दोहन भएपछि हामीले विरोध गर्दा मलाई पक्राउ गरियो, यहाँ मिलेमतोमा मात्र काम हुँदो रहेछ ।’ उनले राष्ट्रिय युवा संघ झापाका जिल्ला अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा र डीएसपी पण्डितको मिलेमतोमा खोला दोहन भईरहेको आरोप लगाए ।

उनका अनुसार मापदण्ड विपरीत विभिन्न मानिसहरुको मिलेमतोमा अहिलेसम्म ५ सय भन्दा बढी टिपरमा बालुवा बेचिएको छ । साथै ३ सय जति स्टक गरेर राखेको अवस्था रहेको उनले टाकुरालाई जानकारी दिए । खुलेआम रुपमा खोला दोहन भइरहेको भएपनि प्रहरीले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

खोलाबाट बालुवा संकलन गर्नका लागि पुलको आसपास भन्दा ५ सय मिटर वरपर हुुनुपर्ने भएपनि पुल मुनि नै बालुवा दोहन भईरहेको स्थानीयले जानकारी दिएका छन् । बालुवा संकलनका लागि जिल्ला समन्वय समितिले सिफारिस गर्नुपर्ने भएपनि यहाँ वडाध्यक्षको हस्ताक्षरमा सिफारिस गरिएको छ । जुन मापदण्ड विपरीत रहेको छ ।

दमक नगरपालिकामा पर्ने खोला भएपनि कमल गाउँपालिकाले सिफारिस दिएको छ । कमल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको हस्ताक्षरमा जारी एक पत्रमा भनिएको छ–‘यस कमल गाउँपालिका ५ र दमक १ मा पर्ने पुल निर्माण भईरहेको अवस्थामा कमल गाउँपालिकाका ५ नं. कै भागको पुलमुनि उक्त भागमा निकाश गर्न सिफारिस गरिएको छ ।’

जिससले सिफारिस गर्नुपर्ने भएको भएपनि वडाध्यक्षको हस्ताक्षरमा खोला दोहन गर्न खुलेआम रुपमा निर्देशन दिएपछि स्थानीय आक्रोशित छन् ।

उता, राष्ट्रिय युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले भने आफ्नो गाडी भाडामा लगेको भन्दै आफ्नो बचाउ गरे । ‘पुलमुनिको मेटिरियल हटाउनुपर्ने हुन्छ,’ उनले टाकुरान्यूजसँग फोन सम्पर्कमा भने, ‘त्यही भएर हाम्रो गाडी अरुले भाडामा लगेको हो ।’

यता, ईलाका प्रहरी कार्यालय दमकका डीएसपी विजय पण्डितले भने आँफूले अहिले जानकारी पाएपछि खोला दोहन हुने काम नभएको जिकिर गरे । उनले भने, ‘हामीकहाँ खबर आएर त्यो काम रोकेको छ, बाँकी कुरा थाहा भएन ।’ उनले कसले के गर्छन् आँफूलाई सबै थाहा नहुने भन्दै पन्छिने काम गरे ।

‘सबैकुरा हामीलाई थाहा छैन, स्थानीय तहलाई थाहा हुन्छ, स्थानीय तहलाई बुझ्नुहोला,’ उनले भने ।

हेर्नुहोस् भिडियो

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
FEATURE BREAKING

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार
विविध

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

धान उत्पादनमा प्रख्यात ओखलढुङ्गाको रामपुरटार क्षेत्र । तस्बिर : नवराज कार्की/रासस

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३
हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

अशोज २६, २०८३

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

अशोज २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३
तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

अशोज २७, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३
बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट मेसिन सञ्चालन, लाइन बस्नुपर्ने झन्झट हट्ने

अशोज २६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.