Saturday, May 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

प्रहरी र युवा संघका अध्यक्षको मिलेमतोमा दमकमा खोला दोहन (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ४, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
प्रहरी र युवा संघका अध्यक्षको मिलेमतोमा दमकमा खोला दोहन (भिडियोसहित)
1.8k
SHARES
Share on FacebookShare on Twitter

झापाको दमकमा प्रहरी र राष्ट्रिय युवा संघ झापाका जिल्ला अध्यक्षको मिलेमतोमा खोला दोहन भएको पाईएको छ ।

दमक नगरपालिका वडा नं. १ र २ को सिमानामा पर्ने रतुवा खोलामा नयाँ बन्दै गरेको पुलमुनि प्रहरी र युवा संघका अध्यक्षको मिलेमतोमा खोला दोहन भएको पाईएको हो ।

स्थानीय कुमार राईले सो बिषयमा बिरोध गर्दा ईलाका प्रहरी कार्यालय दमकका डीएसपी विजय पण्डितले पक्राउ गरी थुनामा समेत राखेका थिए । मापदण्ड विपरीत खोला दोहन भएपछि स्थानीयले बिरोध गरेपनि प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेको स्थानीयको गुनासो छ ।

स्थानीय कुमार राईले भने, ‘पुलमुनि नै धमाधम मापदण्ड विपरीत खोला दोहन भएपछि हामीले विरोध गर्दा मलाई पक्राउ गरियो, यहाँ मिलेमतोमा मात्र काम हुँदो रहेछ ।’ उनले राष्ट्रिय युवा संघ झापाका जिल्ला अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा र डीएसपी पण्डितको मिलेमतोमा खोला दोहन भईरहेको आरोप लगाए ।

उनका अनुसार मापदण्ड विपरीत विभिन्न मानिसहरुको मिलेमतोमा अहिलेसम्म ५ सय भन्दा बढी टिपरमा बालुवा बेचिएको छ । साथै ३ सय जति स्टक गरेर राखेको अवस्था रहेको उनले टाकुरालाई जानकारी दिए । खुलेआम रुपमा खोला दोहन भइरहेको भएपनि प्रहरीले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

खोलाबाट बालुवा संकलन गर्नका लागि पुलको आसपास भन्दा ५ सय मिटर वरपर हुुनुपर्ने भएपनि पुल मुनि नै बालुवा दोहन भईरहेको स्थानीयले जानकारी दिएका छन् । बालुवा संकलनका लागि जिल्ला समन्वय समितिले सिफारिस गर्नुपर्ने भएपनि यहाँ वडाध्यक्षको हस्ताक्षरमा सिफारिस गरिएको छ । जुन मापदण्ड विपरीत रहेको छ ।

दमक नगरपालिकामा पर्ने खोला भएपनि कमल गाउँपालिकाले सिफारिस दिएको छ । कमल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको हस्ताक्षरमा जारी एक पत्रमा भनिएको छ–‘यस कमल गाउँपालिका ५ र दमक १ मा पर्ने पुल निर्माण भईरहेको अवस्थामा कमल गाउँपालिकाका ५ नं. कै भागको पुलमुनि उक्त भागमा निकाश गर्न सिफारिस गरिएको छ ।’

जिससले सिफारिस गर्नुपर्ने भएको भएपनि वडाध्यक्षको हस्ताक्षरमा खोला दोहन गर्न खुलेआम रुपमा निर्देशन दिएपछि स्थानीय आक्रोशित छन् ।

उता, राष्ट्रिय युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले भने आफ्नो गाडी भाडामा लगेको भन्दै आफ्नो बचाउ गरे । ‘पुलमुनिको मेटिरियल हटाउनुपर्ने हुन्छ,’ उनले टाकुरान्यूजसँग फोन सम्पर्कमा भने, ‘त्यही भएर हाम्रो गाडी अरुले भाडामा लगेको हो ।’

यता, ईलाका प्रहरी कार्यालय दमकका डीएसपी विजय पण्डितले भने आँफूले अहिले जानकारी पाएपछि खोला दोहन हुने काम नभएको जिकिर गरे । उनले भने, ‘हामीकहाँ खबर आएर त्यो काम रोकेको छ, बाँकी कुरा थाहा भएन ।’ उनले कसले के गर्छन् आँफूलाई सबै थाहा नहुने भन्दै पन्छिने काम गरे ।

‘सबैकुरा हामीलाई थाहा छैन, स्थानीय तहलाई थाहा हुन्छ, स्थानीय तहलाई बुझ्नुहोला,’ उनले भने ।

हेर्नुहोस् भिडियो

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
FEATURE BREAKING

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८३
0

इटहरी : शनिवार (आज) बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउ असामान्य दृश्य देखिन्। नजिक...

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार
विविध

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

by रासस
जेष्ठ २, २०८३
0

मोरङ : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय...

हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुरमा अनलाइनमार्फत घरमै नक्सा

जेष्ठ २, २०८३
खोटाङमा उभौली : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

साकेला समापन : युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृति सम्मानको सन्देश

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    645 shares
    Share 258 Tweet 161
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    511 shares
    Share 204 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1556 shares
    Share 622 Tweet 389

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.