Sunday, August 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

प्रदेश १ को खस्किएको पर्यटन यसकारण उठ्न सक्छ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०७७
in टाकुरा विशेष, विचार
0
प्रदेश १ को खस्किएको पर्यटन यसकारण उठ्न सक्छ
463
SHARES
Share on FacebookShare on Twitter

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइसर (कोभिड १९) को कारणले संसार स्तब्ध छ ।

विश्व अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय पनि धरापमा परेको विद्यमान नै छ । यस पेशासँग सम्बन्धित सबै व्यवसाय निकै आत्तिएको अवस्थामा रहेको महसुस हुन्छ । वास्तवमा पर्यटन क्षेत्रमा ठूलो लगानी रहने र धेरै व्यवसायीले बैंकबाट ऋण लिएर पनि व्यवसाय चलाएका छन् । ती व्यवसायीलाई अब कसरी आगामी दिन गुजारा गर्ने भन्ने बिषयमा चिन्तित छन् ।

विश्वव्यापी रुपमा थलिएको पर्यटनलाई कसरी पहिलेको अवस्थामा ल्याउँने वा व्यवसाय अगाडि लैजाने भन्ने विषयमा निकै बहस चलिरहेका छन्् । बैंकबाट मोटो रकम ऋण लिइएको छ, ठूलो भाडा दर तिरेर संचालन गरिरहेको पर्यटन व्यवसायबाट हामी कोहि पनि पछि हट्न सक्दैनौँ । किनकि, यो सँग धेरै मानिसको रोजगारी मात्रै जोडिएको छैन ।

अधिक मानिसहरुको घर गुजारा पनि यसैबाट चलिरहेको सर्वविधितै छ । पर्यटन व्यवसायीहरु यतिबेला कसरी भाडा तिर्ने, कसरी बैँकको ब्याज तिर्ने, कसरी कर्मचारीको तलव खुवाउने र आगमी दिनबारे व्यवसाय कसरी अगाडि बढाउँने भन्नेबारेमा आम मानिसमा चिन्ताको बिषय बनेको छ ।

जहाँ समस्या त्यहाँ समाधान भन्ने एउटा नेपाली उखान छ । अभावबाटै अवसर खोज्नुुपर्छ भन्ने मान्यता आत्मसाथ गर्दै यदि सरकारले व्यवसायीसँग हातेमालो गरेर मिक्स प्याकेजहरु मार्फत अगाडि बढ्ने संकल्न राखेमा महामारीको अन्त्य भएको एक बर्षभित्रमा हामीले हाम्रो पर्यटनलाई पहिल्यैको अवस्थामा फर्काउन सक्छौं ।

यदि सबै व्यवसायी एकै ठाउँमा उभिएर एकले अर्कालाई सपोर्ट गर्ने हो भने हाम्रो पर्यटनको धरातल उकास्न समस्या हुँदैन जस्तो लाग्छ ।
अवको एक वर्ष धेरै कमाउने होइन, पर्यटन र व्यवसायी बचाउने भन्ने सन्देशलाई व्यवसायीले आत्मसाथ गर्दै जानुुपर्छ ।

हामीलाई अहिले पनि थाहा छैन कोभिड १९ को संक्रमण कहिलेसम्म रहन्छ । र, यसको औषधी कहिले पत्ता लाग्छ ।

पर्यटन अर्थतन्त्रको मेरुदण्ड भएपनि सरकारले यसमा उचित ध्यान दिन सकेको छैन । प्रदेश १ को हकमा कुरा गर्ने हो भने प्रदेशको अर्थतन्त्रको मूल आयको रुपमा हेर्न सकेको छैन ।

यदि, हामी कोभिड १९ भन्दै पछि लाग्ने हो भने व्यवसायी झन् धरापमा पर्ने निश्चित छ ।

छिमेकी देश भारतमा दैनीक रुपमा कोभिड १९ को सँक्रमण बढ्दै गएपनि उचित सावधानी अपनाएर होटल, पर्यटन व्यवसाय खोल्न सरकारले आदेश दिइसकेको छ ।

यदि प्रदेश सरकार र व्यवसायी बीच उचित समन्वय भयो भने पर्यटनलाई एक वर्षभित्र पुरानो अवस्थामा फर्काउन सकिन्छ ।
सरकारको तर्फबाटः

– प्रदेश १ सरकार पर्यटन मन्त्रालयले यस प्रदेशका व्यवसायीहरुलाई प्रदेश भित्रका मुुख्य गन्तव्यहरुमा कम्तिमा ६ महिना देखि १ वर्षसम्म कम नाफा कमाएर सस्तोमा पर्यटन कार्यक्रमको निर्माण गर्ने र यसलाई देशव्यापी रुपमा प्रचार–प्रसार गर्ने ।

– कम्तिमा एक वर्षका लागि सम्पुुर्ण व्यवसायीहरु तथा नागरिकलाई आव्हान गर्दै देश अनि विदेशको अवधारणा ल्याउनुपर्ने हुन्छ । यस प्रदेश र देशबाट विदेशमा घुुम्न जाने वा घुुमाउने संस्थाहरुलाई सरकारले आव्हान गर्न सक्नुुपर्दछ ।

– प्रदेश सरकारले कम्तिमा ५० ओटा पर्यटन बसको अवधारणा ल्याई सस्तो दरमा पर्यटन आवत जावतको व्यवस्था गर्नुुपर्दछ ।

– प्रदेश सरकारले बैँकहरुसँग समन्वय गरि कम्तिमा ६ महिना देखि एक वर्षसम्मका लागि साँवा–ब्याजको समय सारिदिने र संस्था पूर्ण रुपमा संञ्चालन गर्नका लागि सस्तो व्याजमा संस्था अवलोकन गरि ५ देखि ५० लाखसम्मको सस्तो व्याजदरमा छोटो समयका लािग ऋणको प्रबन्ध गरिदिनुुपर्दछ ।

– सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटन कार्यक्रमहरु प्रदेशका विभिन्न ठाउँमा संञ्चालन गर्नुुपर्छ ।

व्यवसायीको तर्फबाटः

– कम नाफा कमाउँने गरि सस्तो र राम्रो प्याकेजको अफर गर्ने, बाँच्ने र पर्यटनलाई माथि उठाउने । ता कि, नसोचको मान्छे पनि घुुम्ने प्रयास गरोस् ।

– विद्यार्थीहरुका लागि सस्तोमा राम्रो भ्रमण प्याकेज ल्याउने ।

– व्यवसायीहरुले कोरोना फ्रि जोन वा स्टे टुु सेफ भन्ने अवधारणा लाई आत्मसाथ गर्दै उचित व्यवस्थापनमा ध्यान दिने । सुविधालाई उच्च प्राथमिकता राख्ने । रोग प्रतिरोधी शक्ति बढाउने खालका खाना खान अफर गर्ने ।

– सस्तोमा सोचेभन्दा राम्रो सुविधा दिनका लागि व्यवसायीहरु प्रतिबद्ध हुुनुुपर्दछ । यदि यस्तो गर्न सकेमा प्रदेश एक उदाहरणीय हुनसक्दछ ।

व्यवसायी र सरकारको साझा सहकार्य भए सोचेभन्दा चाँंडो हामी माथि उठ्न सक्छौँ । एक्काइसौँ शताब्दी र यससँगै बढेको पर्यटन क्षेत्रले मान्छे नघुमिकन बस्न सक्दैन । यो असामान्य परिस्थित सामान्य बन्नासाथ मान्छे घुुम्न थाल्छन् । हामी एक हुने हो भने हाम्रो पर्यटनको खच्किरहेको भविष्यको शाख उठ्न समय नलाग्ला ।

(भुषाल प्रदेश १ का पर्यटन व्यवसायी हुन् । यो उनको निजी बिचार हो ।)

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
FEATURE BREAKING

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो
टाकुरा विशेष

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : इटहरीको स्थानीय विषयवस्तु समेटिएको ‘इटहरीको सेरोफेरो’ नामक पुस्तकमा तथ्यहीन, असत्य र भ्रामक सामग्री राखिएको भन्दै पाँच जना स्थानीयले...

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

साउन २२, २०८३
अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

साउन ३०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

साउन ३०, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.