Monday, November 10, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अत्यधिक मापसेपछि जिस्कने क्रममा तरहराका राजनको हत्या, फागुनमा युकेबाट आएका थिए (बिस्तृत विवरणसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
अत्यधिक मापसेपछि जिस्कने क्रममा तरहराका राजनको हत्या, फागुनमा युकेबाट आएका थिए (बिस्तृत विवरणसहित)

तस्विर क्याप्सन : घटनास्थलमा मुचुल्का उठाउँदै प्रहरी ।

10k
SHARES
Share on FacebookShare on Twitter

तरहरा :  इटहरी २० तरहराका २८ बर्षीय राजन राईको गएराती हत्या भयो । सामान्य बिषयमा झडप हुँदा उनको हत्या भयो ।
अत्यधिक मादक पदार्थ सेवन गरेका राई र स्थानीय केही युवाहरुबीच झडप हुँदा उनको छुरा प्रहार गरी हत्या भएको प्रहरीको निश्कर्ष छ ।

घटनास्थलमा प्रहरीले मुचुल्का उठाइसकेको छ । ईलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर मानप्रसाद श्रेष्ठका अनुसार राजन राईकै घरमा तीनजना बसेर मादक पदार्थ सेवन गरेका थिए ।

मादक पदार्थ सेवन गरेपछि तीनजनाको समूह बजारमा निस्किएको र तरहराकै खिले भनिने खिलानाथ घिमिरेलाई फोन गरेका थिए । फोनमा एकछिन भेट्ने काम छ भनी कुराकानी भएको थियो ।

घटना भएको ठाउँमा जडान गरिएको सिसिटिभिमा बाँसले हानेको दृश्य देखिन्छ । ६ जनाको समूहबीच झगडा भएको र जसमा छुट्याउँने तीनजना देखिन्छन् । घटनामा संलग्न राजन राई, अनिल दाहाल र लक्ष्मण गुरुङ सँगै बसेर मापसे गरेका थिए । मापसे गरेपछि राजनले घिमिरेलाई फोन गरेपछि उनीहरुबीच भेट भएको थियो ।

तस्विर क्याप्सन : घटनास्थलमा प्रहरी ।

भेटमा अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङ पनि साथमा रहेका थिए । राजनले उनीहरुसँग भेट हुनुभन्दा अगाडि नै म खिलेलाई कुटेजस्तो गर्छु, के गर्दोरहेछ जिस्काउँ न भनेर भनेको खुलेको छ ।

जिस्किदाँ जिस्कदैँ उनीहरुबीच सामान्य इस्युलाई ठूलो भएको र छुरा प्रहार भएको प्रहरीको भनाई छ । छुरा प्रहार हुनुभन्दा अगाडि अनिल, लक्ष्मण र खिलानाथले झडप हुन नदिन छुट्याउने प्रयास गरेपनि राजन माथि इटा प्रहार भएको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्दाजी २० बर्षीय प्रज्वल तामाङले पिछाडिबाट इटाले प्रहार गरेका थिए । पछि राजन भुईँमा लडेपछि छुरीले तीन–चारपटकसम्म प्रहार भएको प्रहरीको निश्कर्ष छ ।

प्रज्वलसँगै अभिषेक पौडेल, अभिषेक केसी र कृष्ण घिमिरेपनि घटनामा संलग्न थिए । उनीहरु अहिले फरार रहेको र खोजी कार्य भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि गम्भीर घाईते भएका राजनको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादैँ गर्दा बाटोमै मृत्यु प्रतिष्ठानले पुष्टि गरेको थियो ।

फागुनमा युकेबाट आएका थिए राजन

गत फागुनमा मात्रै युकेबाट आएका राजनको लकडाउन अवधि सुरु भएको केही हप्तामै युके जाने भिसा थियो ।

तर, लकडाउनका कारण उनी युके फर्कन नपाएपछि यहीँ बस्दै आएका थिए ।

तस्विर क्याप्सन : मृतक राई ।

तरहराका भीम राईका छोरा राजन सहित परिवार नै युकेमा बस्दै अएका थिए । फागुन अन्तिममा युकेबाट एक महिनाको विदामा आएका राजनको हत्यापछि अहिले परिवारजन बिक्षिप्त बनेका छन् ।

पहिल्यैदेखि ग्याङ बसेर खाने गरेको खुल्यो

घटनाका मुख्य नाईके भनिएका प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक केसी पहिल्यैदेखि लागूऔषध प्रयोगमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तरहराको एकता मार्गमा बस्दै आएका उनीहरुले नजिकैको खोलाछेउमा बाँसको फलैँचा बनाएर अगाडि देखि नै बस्ने र लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ ।

तस्विर क्याप्सन : बाँसको फलैँचा बनाएर लागूऔषध प्रयोग गर्ने स्थान ।

आइतबार रातीको घटनामा राजनको समूह र प्रज्वलको समूहले सँगै मापसे नगरेपनि सामान्य बिषयमै उनको बिभत्स हत्या भयो । घटनामा संलग्न सबैजना अहिले फरार रहेकाले प्रहरीले खोाजी कार्यलाई तीब्रता दिएको इन्सपेक्टर मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

तस्विर क्याप्सन : लागूऔषध प्रयोगपछि भाग्नका लागि बनाईएको बाँसको पुल ।

यो पनि _ तरहरामा छुरा प्रहारी गरी राजनको हत्या
यो पनि _ तरहरामा ग्याङ फाइट, एकजनाको अवस्था गम्भीर

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी रंगशालाबाट ६२ दिनपछि सुरु भयो इलाका प्रहरी कार्यालयको सेवा
FEATURE BREAKING

इटहरी रंगशालाबाट ६२ दिनपछि सुरु भयो इलाका प्रहरी कार्यालयको सेवा

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८२
0

इटहरी : जेनजी आन्दोलनका क्रममा आगलागीमा भवन क्षतिग्रस्त भएपछि ६२ दिनदेखि वैकल्पिक स्थानबाट सेवा प्रवाह गर्दै आएको इलाका प्रहरी कार्यालय...

प्रदेश प्रहरी प्रमुखद्वारा खोटाङमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया
समाचार

प्रदेश प्रहरी प्रमुखद्वारा खोटाङमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८२
0

खोटाङ : कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले निरीक्षण भ्रमणका क्रममा जिल्लाका स्थानीयबासी, जनप्रतिनिधि, राजनीतिक दलका...

कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

कार्तिक २४, २०८२
प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

कार्तिक २४, २०८२
खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

कार्तिक २४, २०८२
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

१७ पालिकामध्ये स्वास्थ्य क्षेत्रमा विराटनगर महानगर तेस्रो

कार्तिक २४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी रंगशालाबाट ६२ दिनपछि सुरु भयो इलाका प्रहरी कार्यालयको सेवा

इटहरी रंगशालाबाट ६२ दिनपछि सुरु भयो इलाका प्रहरी कार्यालयको सेवा

कार्तिक २४, २०८२
प्रदेश प्रहरी प्रमुखद्वारा खोटाङमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुखद्वारा खोटाङमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया

कार्तिक २४, २०८२
कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

कार्तिक २४, २०८२
प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

कार्तिक २४, २०८२



लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2619 shares
    Share 1048 Tweet 655
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1553 shares
    Share 621 Tweet 388
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1331 shares
    Share 532 Tweet 333
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    766 shares
    Share 306 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    487 shares
    Share 195 Tweet 122

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.