Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

यी हुन् लकडाउनमा सुनसरी र मोरङमा भएका पाँच हत्याका घटना (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

सांकेतिक तस्वीर ।

1.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : घटना १ : ३ जेठ २०७७ मा मोरङको विराटनगरमा औषधी व्यवसायी गर्दै आएका देवीप्रसाद दुलालको श्रीमतीकै योजनामा हत्या भयो ।

सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनार घर भई विराटनगर महानगरपालिका १० मधुमारा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको शव घरमै फेला परेको थियो ।

उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) ले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङको निश्कर्ष रह्यो । प्रहरीका अनुसार प्रेमीसँगको अवैध यौनसम्बन्ध लुकाउन मीनाले सिराहाको लहान घर भई विराटनगर बस्दै आएका ब्रह्मदेव शाहसँग मिलेर श्रीमानको हत्या गरेकी हुन् ।

घटनामा संलग्न मीनाकी प्रेमी ब्रम्हदेव शाह सहितको मिलेमतोमा उनको हत्या भयो । प्रहरीको अनुसन्धानका क्रममा उनले शाहसँग आफ्नो यौनसम्बन्ध रहेको र त्यसैको विषयमा झगडा हुँदा शाहसँग मिलेर आँफूले श्रीमानको हत्या गरेको बयान दिएकी थिईन् ।

घटना २ : ३ जेठ २०७७ मै विराटनगरमा आफ्ना दुई छोराहरुले बाबुको हत्या गरे । रोहित चौहान (जेठो छोरा) कामबाट फर्किए ।

त्यत्तिकैमा माइलो नागेन्द्र पनि दाजु र बुवा बस्ने घरमा आइपुगे । ५५ वर्षीय बुवा सिताराम चौहानले घरमा चामल तेल किन्न रोहितसँग केही रकम मागे । त्यतिकैमा रोहितसँग सिताराम (बाबुछोराबीच) विवाद सुरु भयो । विवादले उग्ररूप लिएपछि रक्सीको नसामा रहेका रोहितले सिधै खाट छेउमा रहेको फरुवाले बुवाको टाउकोमा प्रहार गरे ।

बाबुको मृत्यु भएपछि घटनाका बारेमा कसैलाई थाहा नपाउन् भन्नका लागि घरभित्रै खाल्डो खनेर बाबुको शब गाडे । पछि प्रहरीको अनुसन्धानबाट पैसा मागेको निहुमा बाबुको हत्या भएको खुल्यो । अहिले दुई दाजुभाईलाई नै प्रहरीले बाबुको हत्यामा संलग्न कर्तव्य ज्यान मुद्दा चलाइसकेको छ ।

घटना ३ : १५ जेठ २०७७ मा मोरङको बेलबारीमा आफ्नै आमाको हत्यापछि छोरा आफैँले आत्महत्या गरे ।

बेलबारी नगरपालिका ४ स्थित बुधबारेका २६ वर्षीय जीवन लिम्बुले आँफूलाई नै जन्मदिने आमा ६१ वर्षीया देवीकुमारी लिम्बुलाई टाउकोमा इँटा प्रहार गरी घरमै हत्या गरे ।

आमाको हत्यापछि उनले आफ्नै शरीरमा घाटी रेट्नुको साथै पटक–पटक छातीमा रोपेर आफैँलाई हत्या गरे । प्रहरीका अनुसार लामो समयदेखि नशामा रहने जीवन घटना भएको अघिल्लो रात ईलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा थिए । साँझ आमासँग झगडा गर्दा घरमा आगो लगाएको आरोपमा प्रहरीले उनलाई एक रात हिरासतमा राखेको थियो ।

तर हिरासतबाट निस्किन साथ जीवन आमासँग बिहानैदेखि विवाद गरिएको अवस्थामा उनले अचानक इँटा प्रहार गरेका थिए ।

यो पनि _ अत्यधिक मापसेपछि जिस्कने क्रममा तरहराका राजनको हत्या, फागुनमा युकेबाट आएका थिए (बिस्तृत विवरणसहित)

घटना ४ : १६ जेठ २०७७ मा सुनसरीको बराहक्षेत्र नगरपालिका ३ स्थित जमुना गाछीमा कमल राई मृत भेटिए । मृत भेटिएका ३७ वर्षीय कमल राईको उनकै सालो पर्नेबाट हत्या भएको अनुसन्धानबाट खुल्यो ।

राईको हत्या गर्ने बराहक्षेत्र ३ कै सालो पर्ने गणेश लिम्बु र उनको साथी प्रदीप राजधामीलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्धा चलाइसकेको छ । गणेश र प्रदीपले नै कमलको हत्या गरी प्लटिङमा फालेको प्रहरी निश्कर्षमा पुगेको छ ।

राती सँगै मदिरा सेवन गरेर सालोले अर्को एक साथीको मद्दतले कमलको निर्मम हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घटना ५ : १८ जेठ २०७७ (आइतबार राती) सुनसरीको इटहरीमा एकजनाको हत्या भयो । इटहरी २० तरहराका राजन भनिने रादन राईको हत्या भयो । २८ बर्षीय राई गत फागुनमा युकेबाट आएका थिए ।

ईलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर मानप्रसाद श्रेष्ठका अनुसार राजन राईकै घरमा तीनजना बसेर मादक पदार्थ सेवन गरेका थिए ।

यो पनि _ तरहरामा छुरा प्रहार गरी राजनको हत्या

घटना भएको ठाउँमा जडान गरिएको सिसिटिभिमा बाँसले हानेको दृश्य देखिन्छ । अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङले उनको हत्या गरे । जिस्किदाँ जिस्कदैँ उनीहरुबीच सामान्य इस्युलाई ठूलो भएको र छुरा प्रहार भएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्दाजी २० बर्षीय प्रज्वल तामाङले पिछाडिबाट इटाले प्रहार गरेका थिए । पछि राजन भुईँमा लडेपछि छुरीले तीन–चारपटकसम्म प्रहार भएको प्रहरीको निश्कर्ष छ । प्रज्वलसँगै अभिषेक पौडेल, अभिषेक केसी र कृष्ण घिमिरेपनि घटनामा संलग्न थिए । प्रहरीका अनुसार घटनामा संलग्न प्रज्वल तामाङ, अभिषेक पौडेल, अभिषेक केसी पक्राउ परिसकेका छन् ।

यो पनि _ तरहराका राइको हत्यामा संलग्नहरु आँफै प्रहरी कार्यालयमा हाजिर

यी माथि उल्लेख गरिएका ५ वटा घटना केही प्रतिनिधि घटना मात्र हुन् । अहिले कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएकाले अपराधिक घटना बढिरहेका छन् । तर, प्रहरीले भने प्लानमा कुनै पनि घटना नभएको दाबी गर्दै आएको छ ।

प्रदेश १ प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक सुमन तिम्सिना भन्छन्, ‘तुलनात्मक रुपले अपराधिक घटनामा कमी आएको छ, अहिले भएका यी घटना अपराधिक घटना प्लानमा भएका हैनन् ।’ उनका अनुसार अहिले प्लानमा भएका घटनामा कमी आएपनि केही कर्तव्य ज्यान मुद्धाका घटनामा बृद्धि भएको छ ।

यो पनि _ तरहरामा ग्याङ फाइट, एकजनाको अवस्था गम्भीर

‘बाउलाई सामान्य विवादमै हत्या भएका घटना छन्,’ उनले भने, ‘आमालाई मार्नु र आफैँ मर्नु गरीबी र लागूऔषध प्रयोग भएको देखिन्छ ।’ चरम गरीबी, लागूऔषध र मादक पदार्थ सेवनले निम्ताएको घटना रहेको प्रहरीको अनुसन्धानबाट देखिएको तिम्सिनाले बताए ।

विश्लेषणात्मक रुपमा प्लान भएर कुनै पनि घटना नभएको उदृत गर्दै उनले आवेगमा आएका घटना रहेको बताए । ‘यी घटनाहरु आवेगमै भएका हुन्, सामान्य बिषयमै अपराध भएका छन् । महिनौसम्म प्लान गरेर भएका घटना हैनन् ।’ उनले भने ।

हेर्नुहोस् भिडियो

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

by सुमन रेग्मी
भदौ २३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन
विविध

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

by मनाेज अधिकारी
भदौ २३, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३
भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    284 shares
    Share 114 Tweet 71
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.