टाकुरा न्युज
Wednesday, June 18, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

यी हुन् लकडाउनमा सुनसरी र मोरङमा भएका पाँच हत्याका घटना (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ १९, २०७७
0
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

सांकेतिक तस्वीर ।

1.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : घटना १ : ३ जेठ २०७७ मा मोरङको विराटनगरमा औषधी व्यवसायी गर्दै आएका देवीप्रसाद दुलालको श्रीमतीकै योजनामा हत्या भयो ।

सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनार घर भई विराटनगर महानगरपालिका १० मधुमारा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको शव घरमै फेला परेको थियो ।

उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) ले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङको निश्कर्ष रह्यो । प्रहरीका अनुसार प्रेमीसँगको अवैध यौनसम्बन्ध लुकाउन मीनाले सिराहाको लहान घर भई विराटनगर बस्दै आएका ब्रह्मदेव शाहसँग मिलेर श्रीमानको हत्या गरेकी हुन् ।

घटनामा संलग्न मीनाकी प्रेमी ब्रम्हदेव शाह सहितको मिलेमतोमा उनको हत्या भयो । प्रहरीको अनुसन्धानका क्रममा उनले शाहसँग आफ्नो यौनसम्बन्ध रहेको र त्यसैको विषयमा झगडा हुँदा शाहसँग मिलेर आँफूले श्रीमानको हत्या गरेको बयान दिएकी थिईन् ।

घटना २ : ३ जेठ २०७७ मै विराटनगरमा आफ्ना दुई छोराहरुले बाबुको हत्या गरे । रोहित चौहान (जेठो छोरा) कामबाट फर्किए ।

त्यत्तिकैमा माइलो नागेन्द्र पनि दाजु र बुवा बस्ने घरमा आइपुगे । ५५ वर्षीय बुवा सिताराम चौहानले घरमा चामल तेल किन्न रोहितसँग केही रकम मागे । त्यतिकैमा रोहितसँग सिताराम (बाबुछोराबीच) विवाद सुरु भयो । विवादले उग्ररूप लिएपछि रक्सीको नसामा रहेका रोहितले सिधै खाट छेउमा रहेको फरुवाले बुवाको टाउकोमा प्रहार गरे ।

बाबुको मृत्यु भएपछि घटनाका बारेमा कसैलाई थाहा नपाउन् भन्नका लागि घरभित्रै खाल्डो खनेर बाबुको शब गाडे । पछि प्रहरीको अनुसन्धानबाट पैसा मागेको निहुमा बाबुको हत्या भएको खुल्यो । अहिले दुई दाजुभाईलाई नै प्रहरीले बाबुको हत्यामा संलग्न कर्तव्य ज्यान मुद्दा चलाइसकेको छ ।

घटना ३ : १५ जेठ २०७७ मा मोरङको बेलबारीमा आफ्नै आमाको हत्यापछि छोरा आफैँले आत्महत्या गरे ।

बेलबारी नगरपालिका ४ स्थित बुधबारेका २६ वर्षीय जीवन लिम्बुले आँफूलाई नै जन्मदिने आमा ६१ वर्षीया देवीकुमारी लिम्बुलाई टाउकोमा इँटा प्रहार गरी घरमै हत्या गरे ।

आमाको हत्यापछि उनले आफ्नै शरीरमा घाटी रेट्नुको साथै पटक–पटक छातीमा रोपेर आफैँलाई हत्या गरे । प्रहरीका अनुसार लामो समयदेखि नशामा रहने जीवन घटना भएको अघिल्लो रात ईलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा थिए । साँझ आमासँग झगडा गर्दा घरमा आगो लगाएको आरोपमा प्रहरीले उनलाई एक रात हिरासतमा राखेको थियो ।

तर हिरासतबाट निस्किन साथ जीवन आमासँग बिहानैदेखि विवाद गरिएको अवस्थामा उनले अचानक इँटा प्रहार गरेका थिए ।

यो पनि _ अत्यधिक मापसेपछि जिस्कने क्रममा तरहराका राजनको हत्या, फागुनमा युकेबाट आएका थिए (बिस्तृत विवरणसहित)

घटना ४ : १६ जेठ २०७७ मा सुनसरीको बराहक्षेत्र नगरपालिका ३ स्थित जमुना गाछीमा कमल राई मृत भेटिए । मृत भेटिएका ३७ वर्षीय कमल राईको उनकै सालो पर्नेबाट हत्या भएको अनुसन्धानबाट खुल्यो ।

राईको हत्या गर्ने बराहक्षेत्र ३ कै सालो पर्ने गणेश लिम्बु र उनको साथी प्रदीप राजधामीलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्धा चलाइसकेको छ । गणेश र प्रदीपले नै कमलको हत्या गरी प्लटिङमा फालेको प्रहरी निश्कर्षमा पुगेको छ ।

राती सँगै मदिरा सेवन गरेर सालोले अर्को एक साथीको मद्दतले कमलको निर्मम हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घटना ५ : १८ जेठ २०७७ (आइतबार राती) सुनसरीको इटहरीमा एकजनाको हत्या भयो । इटहरी २० तरहराका राजन भनिने रादन राईको हत्या भयो । २८ बर्षीय राई गत फागुनमा युकेबाट आएका थिए ।

ईलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर मानप्रसाद श्रेष्ठका अनुसार राजन राईकै घरमा तीनजना बसेर मादक पदार्थ सेवन गरेका थिए ।

यो पनि _ तरहरामा छुरा प्रहार गरी राजनको हत्या

घटना भएको ठाउँमा जडान गरिएको सिसिटिभिमा बाँसले हानेको दृश्य देखिन्छ । अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङले उनको हत्या गरे । जिस्किदाँ जिस्कदैँ उनीहरुबीच सामान्य इस्युलाई ठूलो भएको र छुरा प्रहार भएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्दाजी २० बर्षीय प्रज्वल तामाङले पिछाडिबाट इटाले प्रहार गरेका थिए । पछि राजन भुईँमा लडेपछि छुरीले तीन–चारपटकसम्म प्रहार भएको प्रहरीको निश्कर्ष छ । प्रज्वलसँगै अभिषेक पौडेल, अभिषेक केसी र कृष्ण घिमिरेपनि घटनामा संलग्न थिए । प्रहरीका अनुसार घटनामा संलग्न प्रज्वल तामाङ, अभिषेक पौडेल, अभिषेक केसी पक्राउ परिसकेका छन् ।

यो पनि _ तरहराका राइको हत्यामा संलग्नहरु आँफै प्रहरी कार्यालयमा हाजिर

यी माथि उल्लेख गरिएका ५ वटा घटना केही प्रतिनिधि घटना मात्र हुन् । अहिले कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएकाले अपराधिक घटना बढिरहेका छन् । तर, प्रहरीले भने प्लानमा कुनै पनि घटना नभएको दाबी गर्दै आएको छ ।

प्रदेश १ प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक सुमन तिम्सिना भन्छन्, ‘तुलनात्मक रुपले अपराधिक घटनामा कमी आएको छ, अहिले भएका यी घटना अपराधिक घटना प्लानमा भएका हैनन् ।’ उनका अनुसार अहिले प्लानमा भएका घटनामा कमी आएपनि केही कर्तव्य ज्यान मुद्धाका घटनामा बृद्धि भएको छ ।

यो पनि _ तरहरामा ग्याङ फाइट, एकजनाको अवस्था गम्भीर

‘बाउलाई सामान्य विवादमै हत्या भएका घटना छन्,’ उनले भने, ‘आमालाई मार्नु र आफैँ मर्नु गरीबी र लागूऔषध प्रयोग भएको देखिन्छ ।’ चरम गरीबी, लागूऔषध र मादक पदार्थ सेवनले निम्ताएको घटना रहेको प्रहरीको अनुसन्धानबाट देखिएको तिम्सिनाले बताए ।

विश्लेषणात्मक रुपमा प्लान भएर कुनै पनि घटना नभएको उदृत गर्दै उनले आवेगमा आएका घटना रहेको बताए । ‘यी घटनाहरु आवेगमै भएका हुन्, सामान्य बिषयमै अपराध भएका छन् । महिनौसम्म प्लान गरेर भएका घटना हैनन् ।’ उनले भने ।

हेर्नुहोस् भिडियो

Related Posts

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
समाचार

तरहराको चारकोसे जंगलमा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ४, २०८२
0

इटहरी : इटहरी उपमहानगरपालिका–२० स्थित तरहराको चारकोसे जंगलमा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ। मंगलबार अपराह्न करिब ३ः३५...

FEATURE BREAKING

हर्बल मार्केटिङको बहानामा बालश्रम र यौन शोषण, इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ३, २०८२
0

इटहरी : मार्केटिङको नाममा काममा लगाएर बन्धक बनाइएका १२ जना बालबालिकालाई प्रहरीले इटहरीस्थित एक होटलबाट उद्धार गरेको छ। घटनामा संलग्न...

सुनसरी, मोरङ र झापाबाट भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : असार ३, २०८२
मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

प्रकाशित मिति : असार ३, २०८२
सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

प्रकाशित मिति : असार ३, २०८२
धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव

धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव

प्रकाशित मिति : असार ३, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

तरहराको चारकोसे जंगलमा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु

प्रकाशित मिति : असार ४, २०८२

हर्बल मार्केटिङको बहानामा बालश्रम र यौन शोषण, इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार

प्रकाशित मिति : असार ३, २०८२

सुनसरी, मोरङ र झापाबाट भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : असार ३, २०८२
मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

प्रकाशित मिति : असार ३, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3893 shares
    Share 1557 Tweet 973
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    894 shares
    Share 358 Tweet 224
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    677 shares
    Share 271 Tweet 169
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana