Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जंगली वन्यजन्तु सिकार गर्नेलाई संरक्षण अधिकारीकै साथ, मोटो रकम लिएर छाडेको आरोप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
जंगली वन्यजन्तु सिकार गर्नेलाई संरक्षण अधिकारीकै साथ, मोटो रकम लिएर छाडेको आरोप
269
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय संरक्षण अधिकारीबाटै वन फडानीदेखि आरक्षमा वन्यजन्तुको सिकार गर्ने व्यक्तिले प्रश्रय पाउने गरेको गुनासो आएको छ ।

जैविक विविधताले भरिपूर्ण, मनोरम दृश्य तथा प्राकृतिक सौन्दर्यका कारण पूर्वकै प्रमुख पर्यटकीय स्थल बन्ने सम्भावना भएको कोशी टप्पुमा रामदेव चौधरी प्रमुख संरक्षण अधिकृतका रूपमा आएपछि वन फडानीदेखि वन्यजन्तुको चोरीसिकारी बढेको स्थानीयको गुनासो छ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको १७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनको समयमा चित्तल, बदेल जस्ता वन्यजन्तुको चोरीसिकारी बढेको छ । लकडाउनको अवधिमा अहिलेसम्म ७ जना चित्तल सिकारी पक्राउ परेका छन् ।

सिकारीलाई मोटो रकम लिएर छाडेको आरोप

गत चैत्र २९ गते चित्तलको सिकार गरेको आरोपमा नेपाल आर्मी र कोशीटप्पु वन्यजन्तु आरक्षका कर्मचारी नेतृत्वको संयुक्त टोलीले दुईजनालाई रंगेहात पक्राउ गरेको थियो ।

तर, ती सिकारीहरुलाई आरक्षका वार्डेन रामदेव चौधरीले मोटो रकम लिएर छाडेको स्थानीयको गुनासो आएको छ । उनीहरुलाई कानुनी कारबाही नै नगरी मोटो रकम लिएर छाडिएको स्थानीयले बताएका छन् ।

बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ श्रीलंका टापुको नारायणपुर भन्ने स्थानबाट सिकार गर्दै गरेको स्रचना पाएपछि ३० बर्षीय सन्तोष कविरथ र ४० वर्षीय डोमा कविरथ पक्राउ परेका थिए ।

नेपाली सेनाले अन्दाजी ४ बर्षको चित्तलको सिकार गरी घरमा लुकाउंदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिई कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहामा आवश्यक कानुनी कारबाहीको लागि बुझाएको थियो ।

तर, कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीको निर्देशनमा आरक्षका रेन्जर जयराम न्यौपाने सहितले अनुसन्धान समेत नगरी पक्राउ परेकाहरुका आफन्तबाट मोटो रकम लिएर एकहप्ता भित्रै उनीहरूलाई छाडेको गुनासो आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम वन्यजन्तुको चोरी सिकारी गर्ने व्यक्तिलाई थुनामा राख्ने अनुमति मागेमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजातहरु हेरी तहकिकात सन्तोषजनक रुपमा भए वा नभएको विचार गरी सन्तोषजनक रुपमा तहकिकात भैरहेको देखिएमा एकैपटक वा पटक पटक गरी बढीमा पैँतालीस दिनसम्म थुनामा राख्ने अनुमति दिन सक्ने व्यवस्था छ ।

चित्तलको सिकार गर्ने व्यक्तिलाई ६ महिनादेखि १ वर्षसम्म कैद र २० हजारदेखि ५० हजारसम्म जरिवानाको प्रावधान रहेको कोशी टप्पु वन्यजन्तु आरक्षका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगत बताउँछन् ।

थुनुवा बस्ने सिकारी कसरी छुटे ?

चैत्र २९ गते कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय पश्चिम कुसाहाले पत्र संख्या २०७६।०७७ चलानी नम्बर ७८६ मा डोमा कविरथ र सन्तोष कविरथलाई प्रतिवादी बनाएर अवैध रूपमा वन्यजन्तु चित्तल मारेको मुद्दामा कसुर अनुसन्धानको लागि हिरासतमा राख्नुपर्ने भएको भन्दै थुनुवा पुर्जी दिइएको थियो ।

तर, उनीहरूको मुद्दा अनुसन्धान गर्ने अधिकारी रेन्जर न्यौपानेले मुद्दा अधिकारी प्रमुख संरक्षण अधिकृत वार्डेन रामदेव चौधरीको निर्देशनमा एकहप्तामा पनि थुनामा न राखी मोटो रकमको चलखेलमा आरोपित छाडेको श्रोतको भनाइ छ ।

कार्यालयका सूचना अधिकारी आफैं मुद्दा चलाइएका व्यक्ति कसरी र कुन आधार छाडियो भन्ने बारेमा बेखबर हुनु, आरक्षका रेन्जरले ५० दिनभन्दा बढी पुगेपनि अझै छानबिन जारी रहेको भन्नुले वन्यजन्तुको सिकार गर्ने व्यक्तिलाई आरक्षका वार्डेन चौधरी, रेन्जर न्यौपाने सहितकाले मोटो रकम लिएर छाडेको आरोपमा बल पुगेको देखिन्छ ।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रका दुर्लभ प्रजातीका वन तस्करहरुसँग मिलेर फडानी गरेको आरोपसमेत आरक्ष वार्डेन चौधरीमाथि लाग्ने गरेको छ ।

यता यसबारेमा प्रतिक्रिया लिन सम्पर्क गरेपनि कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले अनुसन्धान अधिकारीसँग सोध्नुस् भन्दै पन्छिन खोजे ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य
FEATURE BREAKING

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको...

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.