Friday, July 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

भैंसीलाई घाँस हाल्ने कुरामा झगडा हुँदा पाँचजनाको विभत्स हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

सांकेतिक तस्वीर ।

796
SHARES
Share on FacebookShare on Twitter

रूपन्देहीको तिलोत्तमा–१० कान्छीबजार मैनहवास्थित गंगादेवी पशुु फर्मका सञ्चालक कृष्णबहादुुर पुुन मंगलबार बिहान पाँच बजे फर्मबाहिर आएर कामदारलाई गेट खोल्न आग्रह गरे । पटक–पटक बोलाए । कामदार आएनन । भित्रबाट अर्जुन मुसहर आए । अर्जुन बाबुसँगै गेट नजिकैको कोठमा सुत्ने गर्थे । सोमबार भने अर्जुन एक्लै सुतेका थिए ।

सञ्चालक कृष्णले गेटबाट बोलाएपछि अर्जुन गेटमा आए । कृष्णले अर्जुनलाई अरुलाई उठाएर गेट खोल्न भने । गेटको साचो पोषराजसँग हुने गथ्यो । उसैलाई उठाउन भने कृष्णले । अर्जुन पोषराजलाई उठ् भन्न गए । बाहिरबाट बोलाए । कोही उठेनन् । अनि गेटमै गएर कृष्णलाई कोही पनि उठदैनन भनेर भने । त्यसपछि कृष्णलाई भित्र केही भयो कि भनेर शंका लागेर गेट नाघेर भित्र छिरे । भित्र जाँदा रगाताम्य देखे । कामदारलाई उठाउन गेट नाघेर भित्र छिरेका कृष्ण सबै लस्करै विभत्स हत्या भएको देखे । यो घटना सोमबार राति १२ बजेतिरको हो ।

फर्ममा काम गर्ने रुपन्देहीकै सैनामैना नगरपालिका ५ का ४० वर्षिया माधव मुुसहर, ३६ वर्षिया जानकी मुुसहर, तिलोत्तमा– १० का १७ वर्षका करण चौधरी र आषिश चौधरी र पोषराज मुुसहरको घरेलु हतियार प्रयोग गरी फर्मभित्रै हत्या भएको छ । माधव र जानकी श्रीमान श्रीमती हुुन । करण, आषिश पोषराजका साथी थिए । पोषराजलाई फर्मका सञ्चालक पुुनले धर्मपुत्रका रुपमा पालेका थिए । त्यहीँ आउने खेल्ने बस्ने गर्ने । सोमबार उनीहरु पनि त्यही आएर बसेका थिए ।

फर्मका सञ्चालक कृष्ण सोमबार साँझ ७ बजे फर्म नजिकै रहेको घर गएर खाना खाए । त्यसपछि आफ्नो फर्म नजिकै रहेको अर्को सरस्वती पशु फर्ममा गएर राति १० बजे सुुते । सरस्वती पशु फर्मका सञ्चालक राजुु भनिने डिलबहादुर थारु र पुुन साथी रहेको बताइएको छ । फर्म नजिकै सुुतेका सञ्चालक पुुनले राति हत्या भएको ठाउँमा कुुनै हल्ला भएको सुुनेनन । गंगादेवी र सरस्वती फर्म २० मिटरको दुुरीमा छ ।

कसरी घट्यो घटना

फर्ममा तीन जना कामदारले काम गर्ने । माधव र जानकी र झसेन्द्र सिंजालीले । फर्मका सञ्चालक फर्म भित्र आउँदा सिंजाली अर्धचेत अवस्थामा फर्मभित्रै लुकेर बसेका थिए । उनले नै सबैको सामूूहिक हत्या गरेको हुुनसक्न घटनाको प्रारम्भिक वस्तुुस्थितिबाट देखिन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडगबहादुुर खत्रीले सुुुतिरहेको अवस्थामा घरेलु हतियार प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुुसन्धानबाट देखिएको बताए । एउटै साइडमा लस्करै सुुतिरहेको अवस्थामा टाउकोमा हानेर हत्या गरिको देखिन्छ ।

घटनास्थलमा झसेन्द्रलाई नियन्त्रणमा लिइएको छ । झसेन्द्र सिंजली फर्मभित्र लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीबारे थप अनुुसन्धान भइरहको छ ।’ खत्रीले भने । घटनास्थलमा रगताम्भ भएको कोदालो भेटिएको छ । त्यही कोदालोले हत्या गरेको देखिन्छ ।

पाँचै जनाको हत्या गरेको स्वीकार गरेका झसेन्द्र र करणका बुवाबीच पटक–पटक कुरा नमिलेर झगडा भइरहने करणले पनि थाहा पाइरहेका थिए । उनी आउँदा आफ्ना बुवा र अंकल झसेन्द्रको जहिले पनि विवाद हुन्थ्यो

फर्मका सञ्चालक पुुनले झसेन्द्रलाई एक महिना अगाडि वैशाख १८ गते काम गर्न ल्याएका थिए । त्यहाँ आउन अगाडि तिलोत्तमाकै शिवपुुरस्थित रामुु साहनीको पशुु फर्ममा काम गर्थे । त्यहाँबाट उनी निकालिएपछि पुुनलाई कामदार चाहिएको सिंजालीलाई फर्ममा काम दिए । सिंजाली लकडाउन पूर्व नै सुर्खेतबाट रुपन्देही आएको बताइएको छ । ‘श्रीमतीले मलाई छाडेर गई । मलाई काम दिनुुप-यो भनेर आयो । मलाई काम गर्ने मानिस चाहिएकोले राखे । धेरै बोल्दैन्थ्यो । रक्सी भने खाइराख्थ्यो ।’ सञ्चालक कृष्ण पुुनले भने ।

एक साता अगाडि झसेन्द्र र माधव र जानकीबीच पनि झगडा पनि भएको थियो । झसेन्द्र मानसिक सन्तुुलन ठीक नभएको व्यक्ति रहेको त्यहाँका स्थानीय बताए । झसेन्द्र रक्सी खाँदै टोलमा हिडने गर्थे । माधव र जानकीले दुुई वर्षदेखि फर्मका काम गर्दै आएका थिए । फर्ममा १६ वटा भैसी ४ वटा गाई र १६ वटा पाडापाडी छन् ।

प्रहरी आपसी झगडाबाट हत्याको रुप लिएको बताउँछ । डिसपी खत्रीले भने, ‘कामदारको आपसी बिवादले हत्या भएको जस्तो देखिन्छ । सिंजालीले हत्या गरेको स्वीकार गरेका छन् । अन्य अनुसन्धानको प्रक्रियामा छौं ।’ हत्यामा झसेन्द्र संलग्न भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुुख एसपी हेमकुमार थापाले अहिले हामी अनुुसन्धानमै रहेकोले केही भन्न सक्ने अवस्था नरहेको बताए ।

जो टुहुरो बने

गंगादेवी पशु फार्ममा हत्या भएका माधव मुसहर र जानकी मुसहरका छोरो हुन् १८ वर्षीय करण चौधरी । करण पनि बुवाआमाले काम गर्ने फर्म गंगादेवी फर्मको नजिकै अर्को व्यक्तिको फर्ममा काम गर्थे । समय–समयमा बुवाआमालाई काममा सघाउन आउने पनि गर्थे । उनी सोमवार पनि पानी परिरहेको अवस्थामा बुवाुआमाले काम गर्ने ठाउँमा आए । आमाले दाउरा बोक्दै गरेको देखेपछि सघाए । उनी बेलुकातिर आफूले काम गर्ने फर्ममा नै फर्किए ।

चौधरीले भने, ‘हिजो दिउँसो बुवाआमालाई यहीँ आएर भेटको थिएँ । बिहान भाइ अर्जुनले बुवाआमा त बोल्नुहुन्न भन्यो आएर हेर्दा त बुवाको हत्या भएको देखें । बुवाआमाको हत्या गरेर मलाई टुहुरो कसले बनायो ?’ हत्या आफूले गरेको स्वीकार गरेको झसेन्द्र सिंजालीलाई करणले अंकल भन्थे । मंगलबार बिहान उनलाई खबर पुग्यो बुवाआमा रहेनन् । ‘म अर्को फर्ममा गोबर सोहोरेर फाल्दै थिएँ, त्यत्तिकैमा भाइ आएर भन्यो, मम्मी–पापा हुनुहुन्न, कहाँ जानुभयो भनेर सोधे । भाइले अंकलले मार्दियो भन्यो, त्यहीँदेखि रुँदै चिच्याउँदै आयौं,’ रोएर आँसु सुकाइसकेका करण भन्छन् ।

पाँचै जनाको हत्या गरेको स्वीकार गरेका झसेन्द्र र करणका बुवाबीच पटक–पटक कुरा नमिलेर झगडा भइरहने करणले पनि थाहा पाइरहेका थिए । उनी आउँदा आफ्ना बुवा र अंकल झसेन्द्रको जहिले पनि विवाद हुन्थ्यो । ‘भैंसीलाई घाँस हाल्ने कुरामा पनि झगडा हुन्थ्यो, काम गर्न अटेरी गर्ने गर्नुहुन्थ्यो अंकलले अनि बुवासँग झगडा पर्थ्यो,’ करणले सम्झिए । जेठ १४ गतेतिर उनीहरूबीच भनाभन भएको थियो । पत्नीले छाडेपछि सिंजाली एक्ला भएका थिए । आफूलाई वास्ता गर्ने कोही नभएको भनेर सिंजालीले दुःख सुनाउने गरेको स्थानीय बताउँछन् ।

(प्रकाश आचार्यले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।)

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने
FEATURE BREAKING

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

by टाकुरा न्यूज । इटहरी
असार २६, २०८३
0

विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा अवैध रूपमा सञ्चालनमा रहेका चार संस्थाअन्तर्गतका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने भएको छ।...

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त
समाचार

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
असार २६, २०८३
0

विराटनगर : विराटनगर–१८ भेडियारीमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा हाम फालेका १७ वर्षीय मञ्जितकुमार यादवको शव उठाउन शुक्रबार स्थानीयले...

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

असार २६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरी र झापामा छुट्टाछुट्टै दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर

असार २६, २०८३
उवासंघ निर्वाचन : अन्तिम घरदैलोमा काफ्ले र भण्डारी, कसले मार्ला बाजी ?

उवासंघ निर्वाचन : अन्तिम घरदैलोमा काफ्ले र भण्डारी, कसले मार्ला बाजी ?

असार २६, २०८३

सुनसरीमा बिजुली जोड्ने क्रममा पोलबाट लड्दा एक जनाको मृत्यु

असार २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

असार २६, २०८३
विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

असार २६, २०८३
‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

असार २६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरी र झापामा छुट्टाछुट्टै दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर

असार २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    764 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    590 shares
    Share 236 Tweet 148
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    404 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    356 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.