Friday, July 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

विदेशबाट फर्केर तरकारी खेतीमा रमाउँदै बराहक्षेत्रका स्थानीय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २३, २०७६
in टाकुरा विशेष, समाचार
0
विदेशबाट फर्केर तरकारी खेतीमा रमाउँदै बराहक्षेत्रका स्थानीय
554
SHARES
Share on FacebookShare on Twitter

इटहरी । बराहक्षेत्र नगरपालिका १ का अर्जुन राई करीब तीन बर्ष वैदेशिक रोजगारीको शिलशिलामा मोरिसेसमा बसे । मासिक २० देखि ३५ हजार सरदर कमाई हुने गरेको भएपनि उक्त पैसाले सामान्य रुपमा खान लाउँन मात्र पुग्ने राईको भनाई छ ।
तर, उनी वैदेशिक रोजगारीबाट फर्केर अहिले तरकारी खेती गर्दै आएका छन् । बराहक्षेत्र १ स्थित चियाबारीमा उनले अहिले स्ट्रोबरी खेती सँगै तरकारी खेती गर्दै आएका छन् । ३५ बर्षीय अर्जुन सहित दीपक राई, तपेन्द्र राई, दीपन राई, सशन देवकोटा, फत्तेमान राई मिलेर ३५ लाख लगानीमा यहाँ तरकारी खेती गर्दै आएका छन् । उनीहरु सबैजना वैदेशिक रोजगारीमा गएर आएका हुन् । ‘अहिले सम्म कुनै मुनाफा नभएपनि हामी उत्साहित छौँ,’ अर्जुनले भने, ‘स्ट्रोबरी अहिले ६ सय रुपैँया प्रतिकेजी बिक्री भईरहेको छ, यसको माग पनि धेरै छ ।’


बहुबर्षे आयोजना अन्र्तगत लगाईएको उक्त तरकारी खेतीमा स्ट्रोबरीका बिरुवा मात्रै २ लाखको लगाईएको उनको भनाई रहेको छ । ‘कृषिको क्षेत्रमा हुडेप नेपालले प्रशिक्षण दिएकाले सहज भयो,’ उनले भने, ‘अहिले पानीको अभावका कारण हामीले थोपा सिँचाईँ प्रणालीबाट खेती गर्दै आएका छौँ ।’ उनका अनुसार यहाँ पानीको अभावका कारण खेती गर्नका लागि कठीन भएको छ । ‘बिदेशमा बसेको केही समयमै सबै कमाई सकियो, अब गरेको लगानी दीर्घकालीन हुन्छ भन्ने बिश्वास छ,’ उनले भने ।

‘खानेपानीले समस्या बनाएको छ, पानी भए सहज हुन्थ्यो,’ स्थानीय कृषक तपेन्द्र राई भन्छन्, ‘सरकारले कृषि क्षेत्रमा लगानी गरेको भएपनि हामीलाई क्रणको सहुलियत र सहज व्यवस्था नहुँदा समस्या छ ।’ उनका अनुसार स्थानीय सरकार तथा प्रदेश सरकारले खानेपानीको समेत व्यवस्था नगरेका कारण समस्या त छदैँ छ तर मासिक ७ हजार भन्दा बढी पानीको बिल आउँने गरेको अर्को समस्या रहेको छ । यहाँ बेसार, अम्लिसो र अदुवा पनि राम्रै फल्ने गरेको उनी सुनाउँछन् । यहाँका ६ सय घरपरिवारले अहिले अम्लिसो, अदुवा र बेसार खेती गर्दै आएको उनको भनाई रहेको छ । ‘यहाँ १६१० मिटर माथिबाट हामीले पानी ल्याएका छौँ, तर यो समस्या दीर्घकालीन समाधान भएन,’ उनले टाकुरासँग भने, ‘खेती गर्दै जाँदा उत्पादन भयो । अनि हामी उत्साहित भएर लागेका हौँ, कृषिले भाउ पाउँदा त मनग्ये कमाई हुन्छ ।’


यता, लामो समयदेखि कृषकहरुलाई प्रशिक्षण दिदैँ आएका हुडेप नेपालका अध्यक्ष डिल्ली कार्कीले भने आँफूले कृषिको क्षेत्रमा काम गर्दै आएको बताए । उनले भने, ‘यो सुनसरीको बिकट गाउँ हो, यो गाउँमा बिषादीयुक्त अर्गानिक तरकारी उत्पादन गरेर हामीले सहर बजारमा पठाउँने गरेका छौँ । उनले आग्र्यानिक मल बनाउँने कार्यक्रम समेत आँफूहरुले अगाडि सारेको बताए ।
हुडेप नेपालका कार्यक्रम संयोजक हिमाल ठटालका अनुसार कृषकलाई उत्साहित गर्ने हुडेप नेपालले कृषकलाई थप उत्साहित गरिरहेको छ । ‘अहिलेसम्म हामीले बिषादीयुक्त तरकारी खाईरहेको अवस्था छ,’ उनले भने, ‘अहिले विदेश गएर आएका सबैजना उत्साहित भएर तरकारी खेतीमा लाग्नुभएको छ ।’
केही समय अगाडि कोदो र मकै मात्र फल्ने यो ठाउँमा अहिले तरकारी खेती राम्रै हुन थालेपछि यहाँका स्थानीय उत्साहित छन् । बराहक्षेत्रको यो गाउँ सुनसरीको दुर्गम गाउँमा पर्छ । धरानबाट बिष्णुपादुका हुँदै एक घण्टाको दूरीमा यो गाउँ पुगिन्छ भने उता चतराबाट पनि करीब एक घण्टा गाडीको यात्रा गरेपछि यो गाउँ पुग्न सकिन्छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने
FEATURE BREAKING

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

by टाकुरा न्यूज । इटहरी
असार २६, २०८३
0

विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा अवैध रूपमा सञ्चालनमा रहेका चार संस्थाअन्तर्गतका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने भएको छ।...

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त
समाचार

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
असार २६, २०८३
0

विराटनगर : विराटनगर–१८ भेडियारीमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा हाम फालेका १७ वर्षीय मञ्जितकुमार यादवको शव उठाउन शुक्रबार स्थानीयले...

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

असार २६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरी र झापामा छुट्टाछुट्टै दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर

असार २६, २०८३
उवासंघ निर्वाचन : अन्तिम घरदैलोमा काफ्ले र भण्डारी, कसले मार्ला बाजी ?

उवासंघ निर्वाचन : अन्तिम घरदैलोमा काफ्ले र भण्डारी, कसले मार्ला बाजी ?

असार २६, २०८३

सुनसरीमा बिजुली जोड्ने क्रममा पोलबाट लड्दा एक जनाको मृत्यु

असार २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

असार २६, २०८३
विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

असार २६, २०८३
‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

असार २६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरी र झापामा छुट्टाछुट्टै दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर

असार २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    764 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    590 shares
    Share 236 Tweet 148
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    404 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    356 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.