धरान : धरान ४ स्थित भेडेटारमा साहसिक खेल जिपलाइनको उद्घाटन भएको छ।
शनिबार प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले जिपलाइनको उद्घाटन गरेका हुन्। मुख्यमन्त्रीले उद्घाटन गरेको जिपलाइनमा धरानका उपप्रमुख मन्जु भन्डारीले प्रयोग गरेकी थिईन् ।
धरान ४ तर्फको भेडेटारबाट सुरुवाती पोइन्टबाट देवीथानमा ल्याण्डिङ हुनेछ। यो जिपलाइनको लम्बाई ६ सय ५० मिटर र उचाई १५० मिटरसम्म छ भने पर्यटकले करिब ४५ सेकेण्डसम्म अनुभव लिन पाउछन्। वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालनमा ल्याएको जिपलाइनको लागत ३ करोड भएको सञ्चालक विवश भण्डारीले बताए।
उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत
इटहरी : उद्योग वाणिज्य संघ इटहरीमा असन्तुष्टि चुलिएको छ । संघभित्रको करसम्बन्धी निर्णय प्रक्रिया र कार्यशैलीप्रति असहमति जनाउँदै ९ जना...
Discussion about this post