Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

जैविक विविधताको दृष्टिले महत्वपूर्ण

रासस by रासस
जेष्ठ २९, २०८३
in भिजिट नेपाल, समाचार
0
माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित
67
SHARES
Share on FacebookShare on Twitter

इलाम : चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा कुना भएको विशाल ‘माइपोखरी’ । पोखरी यति ठूलो छ कि एउटा कुनाबाट अर्को कुना देख्न सकिँदैन ।

इलामको सन्दकपुर गाउँपालिका–१ र ३ को सङ्गमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र माइपोखरीले पछिल्लो समय आगन्तुकहरु आकर्षित गरिरहेको छ । यहाँ पुग्ने जो कोहीले एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने र भिडियो बनाउने गरेका छन् । पछिल्लो समय यहाँ तस्बिर लिने, भिडियो बनाउने र पूजापाठ गर्न आउनेको भिड लाग्ने गरेको छ ।

समुद्री सहतदेखि दुई हजार १०० मिटर उचाइमा अवस्थित माइपोखरी पूर्वी पहाडकै आकर्षक धार्मिक पर्यटकीय क्षेत्र हो । माइपोखरीको एक दशमलव ८ हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेशनशील मानिएको छ ।

माइपोखरीमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । बलिप्रथा निशेधित माइपोखरीलाई साक्षात देवीका रुपमा पूजा गरिँदै आएको छ । यहाँ मनोकाङ्क्षा पूरा होस् भनेर भाकल गर्ने तथा परेवा उडाउने प्रचलन छ ।

द्वापरयुगको अन्त्यमा पाँच पाण्डव वनबासमा रहने क्रममा सुनसरीको बराहक्षेत्र, झापाको अर्जुनधारा हुँदै इलामको माइपोखरीसम्म आएर फर्किएको किंवदन्ती छ । माइपोखरीलाई हिन्दू, बौद्ध र किरात धर्मको आस्थाका रुपमा लिइन्छ ।

माइपोखरीप्रतिको आकर्षण पछिल्लो समय स्वदेशी मात्र होइन, विदेशी पर्यटकमा उत्तिकै छ । यसको प्रचारले पर्यटकीय सम्भावनाले भरिपूर्ण सन्दकपुर गाउँपालिकालाई नै थप लोकप्रिय बनाउँदै लगेको छ । माइपोखरी इलाम सदरमुकामबाट उत्तरमा बिब्ल्याँटे बजार हुँदै आधा कालोपत्र र आधा कच्ची गरी १३ किलोमिटर सडक पार गरेर पुग्न सकिन्छ ।

यहाँ नेपालसहित भारतका विभिन्न क्षेत्र तथा अन्य विदेशी पर्यटक आउने गरेको स्थानीय लीला भट्टराईले बताइन् ।

“माइपोखरी अवलोकन गर्न दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन्”, उनले भनिन्, “यातायातको सहजताले माइपोखरी अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।” चारचक्के तथा दुईचक्के सवारीसाधनबाट सहजै माइपोखरी पुग्न सकिने भएकाले युवायुवतीको रोजाइमा माइपोखरी परेको हो ।

पर्यटकको चहलपहलसँगै माइपोखरी आउने पर्यटकलाई लक्षित गरी होटलसमेत विस्तार हुँदै गएका छन् । स्थानीयले होटल तथा होमस्टे सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको सन्दकपुर गाउँपालिका–३ का होटल सञ्चालन निमतेन्जी शेर्पाले बताए ।

“माइपोखरी अवलोकन गर्नका लागि युवायुवती समूहसमूहमा दिनहुँ आउने जाने गर्दछन्”, शेर्पाले भने, “यसको अझ प्रचारप्रसार गरे प्रशस्त फाइदा सन्दकपुरवासीले लिन सकिन्छ ।” माइपोखरीलाई सन् २००८ अक्टोबर २८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दशौँ बैठकले विश्वसम्पदा सूचीमा राखेको छ ।

प्रचारप्रसारका लागि बर्सेनि बहुधार्मिक महोत्सव

माइपोखरीको प्रचाप्रसारका लागि बर्सेनि ‘माइपोखरी बहुधार्मिक महोत्सव’ आयोजना हुँदै आएको छ । बर्सेनि हरिबोधनी एकादशीका अवसरमा पारेर सन्दकपुर गाउँपालिकाले दुईदिने बहुधार्मिक महोत्सव आयोजना गर्दै आएको छ ।

माइपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने एवं बहुधार्मिक तीर्थका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्ने गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । त्यहाँ २०८० सालदेखि गाउँपालिकाले बर्सेनि बहुधार्मिक महोत्सव आयोजना गर्दै आएको छ ।

“सन्दकपुर गाउँपालिकाले माइपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न चाहेको छ”, अध्यक्ष गुरुङले भने, “विगत तीन वर्षदेखि यहाँ बहुधार्मिक महोत्सव आयोजना गर्दै आएका छौँ, यसको अझ प्रचारप्रसार गर्नसके सन्दकपुरकै विकास र समृद्धिमा टेवा पुग्ने विश्वास छ ।”

माइपोखरीलाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको गाउँपालिकाले जनाएको छ । माइपोखरीको प्रवद्र्धनका लागि पालिकाकोतर्फबाट सधैँ साथ रहने गाउँपालिका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीले बताए ।

जैविक विविधताको दृष्टिले महत्वपूर्ण

माइपोखरी धार्मिक दृष्टिले मात्र होइन, जैविक विविधताको दृष्टिलेसमेत महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा चार प्रजातिका लालीगुराँस, तीन प्रजातिका चाँप, १६ प्रजातिका सुनाखरी, ६२ प्रजातिका जडीबुटीसहित ३०० प्रजातिका फूल फुल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्युलगायत वनस्पति पाइन्छ ।

त्यस्तै, यहाँ १२ प्रजातिका जलचर, छ प्रजातिका उभयचर, तीन प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २०० बढी प्रजातिका चराचुरुङ्गीहरु पाइन्छन् ।

माइपोखरीमा धार्मिक आस्थाका, प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न र वातावारणीय पक्षको अध्ययन अनुसन्धान गर्न पर्यटक पुग्ने गर्दछन् ।

माइपोखरी पुग्नेले माइपोखरीको दर्शनसँगै माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्ध गुम्बा, तीनचुलो, युमाथानलगायको अवलोकन गर्न पाउँछन् ।

Tags: इलाममाइपोखरी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई
खेलकुद

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

ग्रामथान : मोरङको ग्रामथान–६ स्थित भरचोलगढीमा सम्पन्न तेस्रो मन्जिल स्मृति रानीगढी रनिङ कप फुटबल प्रतियोगिताको उपाधि आयोजक मन्जिल रानीगढी क्लबले जितेको...

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड
FEATURE BREAKING

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै सातै प्रदेशका मुख्यमन्त्रीहरूले...

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३
तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

अशोज २७, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.