इटहरी
बलात्कारको आरोप लागेका एसएसपी शौरभ राणालाई सुनसरी जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ ।
एसएसपी राणालाई सरकारी वलिकको कार्यालय इनरुवा मार्फत आज सुनसरी जिल्ला अदालत उपस्थित गराइएको थियो । सरकारी वलिकले १० दिनको म्याद मागेको भएपनि अदालतले ५ दिने म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता बिनोद शर्माले जानकारी दिए ।
जिल्ला न्यायधीश मणिराम न्यौपानेको एकल इजलासले उनलाई ५ दिन म्याद थपको आदेश गरेको हो ।
विद्युत जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
इलाम : पोलमा चढेर विद्युत जोड्ने क्रममा इलाम नगरपालिका ८ मा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम...
Discussion about this post