चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गायक प्रमोद खरेलले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
खरेलले हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँ रंगशाला निर्माणको लागि सहयोग गर्ने बताएका हुन् ।
उनले फेसबुकमा एक स्टाटस पोष्ट गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘२०७६ माघ १७ देखि २०७७ माघ १७ भित्र गर्ने कुनै पनि सांगीतिक कार्यक्रमबाट लिने पारिश्रमिकमा हरेक कार्यक्रमबाट ५ हजार १ सय ११ रुपैयाँको दरले रंगशाला निर्माणमा सहयोग प्रदान गर्नेछु ।’ उनले लेखेका छन् ।
Discussion about this post