टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home टाकुरा विशेष

इटहरीमा चोरीका घटनामा बृद्धि, प्रहरीले बेवास्ता गरेको आरोप

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
बिहिबार, माघ २३, २०७६
0
इटहरीमा चोरीका घटनामा बृद्धि, प्रहरीले बेवास्ता गरेको आरोप
293
SHARES
Share on FacebookShare on Twitter

इटहरी

इटहरीमा चोरीका घटनामा बृद्धि भएको छ । विशेषगरी इटहरी उपमहानगरपालिका वडा नं. १ र वडा नं. २ मा चोरीका घटनामा बृद्धि भएपनि प्रहरीले बेवास्ता गरेको पीडितहरुको गुनासो रहेको छ ।
इटहरी २ बरगाछीका कुल बहादुर कार्कीले आफूँले सञ्चालन गरेको उपकार मेडिकलबाट करीब १८ हजार रुपैँया चोरी भएको बताए । ‘मेरो मेडिकलबाट उक्त रकम चोरी भएपनि प्रहरीलाई जानकारी गराएको थिएँ,’ उनले गुनासो गरे, ‘केही दिन अगाडि पनि मोबाइल चोरी हुँदा हामीले रंगेहात मानिस पक्राउ गरेको भएपनि प्रहरीले त्यतिकै छोडेको छ ।’ इटहरी १ का मनिष गिरीको सामसुङ मोबाइल चोर्दै गर्दा दुर्गेश राई र साजन तामाङलाई स्थानीयले रंगेहात पक्राउ गरी प्रहरीकहाँ जिम्मा लगाएको भएपनि तरहरा प्रहरी चौकीले आरोपीलाई त्यतिकै छाडेको उनको भनाई छ ।
स्थानीय समिता पौडेलको घरको २ वटा ग्याँस सिलिन्डर, २ वटा पानीको मटर र साईकल चोरी भएको भएपनि प्रहरीको बेवास्ताका कारण दोषी पहिचान नभएको गुनासो गरिन् । ‘समाज बिथोल्ने काम भईरहेको छ तर प्रहरीको लापरबाही र फितलो अनुसन्धानका कारण हामीलाई दिनमा हिड्न र रातमा सुत्न पनि कठीन हुन्छ,’ उनले टाकुरासँग भनिन्, ‘बरगाछी एरियामा दैनिकजसो चोरी हुने गरेको छ, हराएको सामानको खोजी चासो भएन ।’
केही महिनायता, यी माथिका दुई पात्र नभई यहाँका दर्जनौँ पसल तथा घरहरुमा चोरी भएपनि प्रहरीले बेवास्ता गरेको पीडितको आरोप छ । केही हप्ता अगाडि मात्रै दाजुभाई कोल्ड सेन्टरबाट नगद चोरी भयो । त्यस्तै, २ हप्ता अगाडि मात्रै यहाँ रहेको अरुण किराना तोडफोड भयो । त्यस्तै, मनिष फर्निचरको सामान चोरी भएको थियो भने त्यस्तै, शुष्मा ब्यूटी पार्लरको सटर तोडफोड भएको थियो । यी माथिका सबै घटनाबारे तरहरा प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराएको भएपनि प्रहरी मुकदर्शक बनेको स्थानीय बुद्धिमान बिकको भनाई रहेको छ ।
बिकले भने, ‘हामीलाई शान्ति सुरक्षा चाहियो, यहाँका व्यापारीहरु पाँच मिनेट जानका लागि पनि डराउँनु पर्ने अवस्था रहेको छ ।’ उनका अनुसार यहाँ पसल गरेर बस्ने मानिसहरु केही छिनपनि पसल छाडेर हिड्न डराउनुपर्ने अवस्था रहेको छ, तर यस बिषयमा प्रहरी मुकदर्शक बनेको उनको आरोप छ । स्थानीय पर्शुराम धिमालले भने चोरीको बिषयमा प्रहरीलाई अाँँफूहरुले सामूहिक रुपमा लिखित र मौखिक जानकारी गराएको भएपनि प्रहरीले आफ्नो गुनासो नसुन्ने गरेको तर्क गरे । ‘हामीले पटक–पटक प्रहरीलाई जानकारी गराईसकेका छौँ, तर प्रहरीले हाम्रो कुरा सुनेकै छैन,’ उनले गुनासो गर्दै भने, ‘तरहरा प्रहरी चौकीले हामीले चोरलाई स्वयम् पक्रेर बुझाएपनि रोहबरमा छाड्दै आएको छ ।’ यहाँ अराजक गतिबिधि गर्नेको संख्या दर्जनौँ रहेको भएपनि प्रहरीको ध्यान नगएको उनको भनाई थियो ।
यता, तरहरा प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरीक्षक (सई) हेम लिङ्देनले भने आँफू यो बिषयमा गम्भीर भएको प्रतिक्रिया दिदैँ चोरीका घटना बढेको उनले स्वीकार गरे । भने, ‘म यस बिषयमा गम्भीर रहेको छु, अब नियमित सिभिलमा एकजना प्रहरी त्यो एरियामा खटाउँछु ।’ उता, ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले भने चोरीका घटनामा जानकारी हुनासाथ प्रहरी पुग्ने गरेको प्रतिक्रिया दिए । उनले भने, ‘चोरीको रिपोर्ट आउँनासाथ प्रहरी नजाने भन्ने त किन हुन्थ्यो र ? हामीले यो बिषयमा फलो गरिरहेका छौँ ।’

सम्बन्धित समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या
FEATURE BREAKING

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

by टाकुरा न्युज । इटहरी
मङ्लबार, माघ १३, २०७७
0

मोरङको उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमती ३५ वर्षीय दिलमायालाई बन्चरो...

Read more
तरहरामा मुख्यमन्त्री कार्यालयको स्कारपियो दुर्घटना, तीनजना घाईते

तरहरामा दुर्घटना, मनोज घाइते

मङ्लबार, माघ १३, २०७७
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु

ट्याक्टरबाट लडेर रामधुनीका युवकको मृत्यु

मङ्लबार, माघ १३, २०७७
लागूऔषधसहित पाँचजना पक्राउ

लागूऔषधसहित पाँचजना पक्राउ

सोमवार, माघ १२, २०७७
मोडेर्नाले विकास गरेको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी रहेको दाबी

विराटनगर आइपुग्यो कोरोना विरुद्धको खोप

सोमवार, माघ १२, २०७७

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

मङ्लबार, माघ १३, २०७७
तरहरामा मुख्यमन्त्री कार्यालयको स्कारपियो दुर्घटना, तीनजना घाईते

तरहरामा दुर्घटना, मनोज घाइते

मङ्लबार, माघ १३, २०७७
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु

ट्याक्टरबाट लडेर रामधुनीका युवकको मृत्यु

मङ्लबार, माघ १३, २०७७
लागूऔषधसहित पाँचजना पक्राउ

लागूऔषधसहित पाँचजना पक्राउ

सोमवार, माघ १२, २०७७

लाेकप्रिय

  • झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    5323 shares
    Share 2129 Tweet 1331
  • तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

    3668 shares
    Share 1467 Tweet 917
  • साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

    3577 shares
    Share 1431 Tweet 894
  • इटहरीकी गीता झुण्डिएको अवस्थामा मृत फेला

    3514 shares
    Share 1406 Tweet 879
  • इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

    3257 shares
    Share 1303 Tweet 814
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : takurainc819@gmail.com
फोन : ९८५२०२७०२८, ९८०२७२७३२७

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana