इटहरी । नेकपा नेता तथा इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईँले इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले चुनावको क्रण र छोराको विवाहको क्रण तिर्न ४५ लाख रुपैँया मागेको खुलासा गरेका छन् ।
शुक्रबार मेयर चौधरीले नगर प्रहरी खटाएर चौलागाईँलाई पक्राउ गर्न लगाएको समाचार बाहिरिएसँगै चौलागाईँले फेसबुक स्टाटसमार्फत भनेका छन्, हद भएसी रामप्रसाद चौंलागार्इँ प्रति आज इटहरी मेयर द्वारिक चौधरी हर्कत, श्रद्धेय क. माधव नेपालको पार्टी कार्यक्रममा निषेध, इटहरी छाड्न आदेश र इटहरीमा सदैब प्रवेश निषेध, ७ दिन भित्र घर भत्काउन आदेश, नगर प्रहरीलाइ पक्रन आदेश र मेरो घर र इटहरी खानेपानी अफिस सर्च । नेता चौलागाईँले पैनी मिचेर घर बनाएको भन्दै मेयर चौधरीले यसअघि पनि पटक–पटक काउन्टर दिदैँ आएका थिए । चौलागाईँ फेसबुकमा लेख्छन्, यो सब खानेपानीको लागि ३ ठॉउ १७, १६ र १० नं. वडामा जग्गा किन्दा ४५ लाख रक़म माग्नु भयो, चुनावको क्रण र छोराको विवाहको क्रण तिर्नु छ ४५ दे भन्नु भयो तर यो म बाट सम्भव छैन भनेसी मैले तेरो कारणले ३ कट्ठा जग्गा ७२ लाखमा बेचि क्रण तिरें अब म देखाइ दिन्छु ।
मेयर चौधरीले गत जेष्ठ २ गते काठमाडौँको अनामनगरमा तँ बाहुन अब मेयर कसरी बन्छस् भन्दै हप्काएर उक्त अवस्था सृजना भएको चौलागाईँले उल्लेख गरेका छन् ।
Discussion about this post