इटहरीबाट तरहरा आउनका लागि होस् या तरहराबाट इटहरी पुग्नका लागि । अथवा, उता बालग्रामदेखि इटहरी आउँन जानका लागि । वा धरानबाट तरहरा आउनका लागि । कति मुस्किल पर्छ भन्ने कुरा स्थानीय सर्वसाधारण मानिसहरुलाई सोधे पुग्छ ।
लोकल गाडीहरुले नरोक्ने तथा रोके पनि बहुत कष्टपूर्ण यात्रा गर्न बाध्य हुन्छन् इटहरीका आम जनता ।
इटहरीका मेयर द्धारिकलाल चौधरीले सर्बसाधारण मानिसको समस्या बुझि त्यसको निराकारण गर्नका लागि गत बर्ष भित्र नगर बस सञ्चालन गर्ने उद्धघोष गरेका थिए । तर, अहिलेसम्म नगर बसले प्राथमिकता पाएको देखिदैँन ।
बस संगठनको सिण्डिकेटका कारण यहाँका सर्वसाधाण मानिसहरुले कष्टपूर्ण रुपले यात्रा गर्दै आएको कुरा नौलो रुपमा छैन । यो कुरा विद्यमान रुपमा छ । इटहरीको हलगडा, आँपगाछी, तरहरा, शान्तिनगरका बासिन्दा कष्टपूर्ण रुपले यात्रा गर्न बाध्य छन् ।
उपमहानगरपालिकाले वडा नं. १, २, १७, १८, १९ र २० का बासिन्दालाई राखेर अनुभव सुन्ने हो भने त्यसको अनुभूति गरी नगरपालिकाले तत्काल नगर बस सञ्चालन गर्ने थियो । तर, यहाँँका सर्बसाधारण मानिसहरुको समस्या न त जनप्रतिनिधिले नै बुझ्छन्, न त बस संगठनका कर्मचारीहरुले नै ।
इटहरीमा नगर बस तत्कालको आवश्यकता महसुस गरी यसलाई कार्यान्वयन गरेमा आगामी दिनमा जनतामा जनप्रतिनिधि प्रती थप विश्वास बढ्ने थियो । इटहरीमा नगर बस तत्काल चलाउन सकेमा मेयरले दिएको बोली पूर्ण हुनेथियो ।
अब इटहरीमा रात्रीकालीन बजार भाषणमा मात्रै सीमित भएजस्तै नगर बस पनि भाषणमा मात्र सीमित नहोस् । तत्काल इटहरीमा नगर बस सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको छ ।
Discussion about this post