इटहरी
इटहरीका मेयर द्धारिकलाल चौधरी बिरुद्ध ईलाका प्रहरी कार्यालय इटहरीमा उजुरी परेको छ ।
इटहरीका व्यापारी सुवास शाहले आफूँले २७ बर्ष अगाडिदेखि पान पसल गर्दै आएको र आईतबार मेयर चौधरीले बन्द गरेको भन्दै ईलाका प्रहरी कार्यालयमा उजुरी गरेका हुन् ।
मेयर चौधरीले पदको दुरुपयोग गर्दै आफुलाई केहि दिन देखि मानसकि तनाब दिनुको साथै ब्यवसाय बन्द गरिदिएको भन्दै उजुरी दिएका हुन् । द्धारिकलाल चौधरीले आफ्नो गरिखाने बाटो बन्द गराउन लागेको र शान्ति सुरक्षा समेत माग गर्दै उनले प्रहरीमा उजुरी दिएका हुन ।
ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीका अनुसार शाहले आँफूहरुलाई गुनासो गरेको प्रतिक्रिया दिए । उनले भने, उहाँहरुले गुनासो गर्नुभएको छ, हामीले बसेर असमझदारीको बिषयमा छलफल गर्छौँ, भण्डारीले टेलिफोन सम्पर्कमा भने ।
Discussion about this post