इटहरी
सुनसरी दुहवी ६ की सम्झना खत्री परियारको गत माघ २४ गते विराटनगर १२ मा हत्या भयो ।
उनको प्रेमी २५ बर्षीय सुरेन्द्रप्रसाद शाहले हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । दुइ सन्तानकी आमा समेत रहेकी सम्झनाका श्रीमान इलाममा मजदुरी गर्दै आएका छन् ।
सम्झनाले शाहसँग विगत ३ वर्ष देखि सम्बन्धमा रहेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले बताए ।
आफुले फोन गर्दा नउठाएको भन्दै भेट्न बोलाएर रिसको झोँकमा बाँसले घाँटीमा हानेर हत्या गरेको शाहले स्वीकार गरेको अधिकारीको भनाई थियो ।
प्रहरीका अनुसार यौन सम्पर्क गर्न नपाएकोे भन्दै हत्या गरिएको हो । अन्य समयमा यौन सम्पर्क गर्ने गरेको र उक्त दिन भने फोन नउठेका कारण यौन सम्पर्क गर्न नपाएकोमा हत्या गरिएको प्रहरीको भनाई रहेको छ ।
मृतकका श्रीमान वसन्त परियारले श्रीमती हराएको भन्दै नमुवा प्रहरीमा उजुरी दिएका थिए । मृतकको मोवाइलको कल डिटेल्समार्फत प्रेमी नै दोषी रहेको प्रहरी निष्कर्शमा पुगेको थियो ।
झापामा डेढ करोडको विषादीरहित तरकारी उत्पादन
बनियानी (झापा) : झापाको कनकाई नगरपालिकाका किसानले करिब एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरले...
Discussion about this post