इटहरी । गायिका झुप्री भण्डारीको पहिलो गीत ‘सम्झी रुनारुना’ युट्युबमा सार्वजनिक भएको छ । सडक मिडिया (युट्युब) मार्फत् सार्वजनिक गरिएको हो । अहिलेसम्म ३ लाख बढीले उक्त गीत हेरिसकेका छन् । गजलकार कमल संघर्षको प्रयासमा भण्डारीलाई यसअघि चर्चित रियालिटी सो द भोइस अफ नेपालमा गीत गाउँनका लागि पुर्याएका थिए । उनले त्यहाँ आफ्नै मौलिक गीत गाउँदा दर्शकका आँखा रसाएका थिए ।
आँखा नदेखेकै कारण उनले औपचारिक शिक्षाबाट समेत बन्चित हुनुपरेकी उनलाई समाजले पनि तिरस्कार गरेको दृष्य सँगै शब्द छ गीतमा । आफ्नो जिन्दगीदेखि वाक्क लागेको र पटक्कै बाँच्न मन नलागेको अभिव्यक्ति उनका गीतमा पाइन्छ ।
गीतमा पाण्डव विष्टको लय रहेको छ भने एरेन्ज विनोद बजुरेलीले गरेका हुन् । गीतको भिडियो निर्देशन कमल सङ्घर्ष र बरुण रिजालले गरेका छन् ।
भिडियो
Discussion about this post