इटहरी
प्रदेश १ को पहिलो सैनिक अस्पताल इटहरीमा सञ्चालनमा आएको छ । शुक्रबार इटहरीमा बनेको अस्पताल प्रधानसेनापति पूर्णचन्द्र थापाले शुभारम्भ गरे । ३० हजार वर्ग मिटरको क्षेत्रफलमा १६ करोडको लागतमा उक्त अस्पताल निर्माण भएको थापाको भनाई रहेको थियो ।
इटहरीमा पहिलो पटक यो अस्पताल निर्माण गरिएको बताउँदै उनले भने, ‘यो सहित नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल काठमाडौँ बाहिर तीन वटा स्तरीय अस्पताल बनेको छ ।’ इटहरी बाहेक पोखरा र नेपालगन्जमा सैनिक अस्पताल बनेको उनले बताए ।
नेपाली सेनाका सेवारत तथा अवकाशप्राप्त सैनिकहरू र उनीहरूका परिवारलाई सेवा दिन ५० शैयाको अस्पताल खोलिएको बताईएको छ । नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरमा निर्माण भएको अस्पतालमा सैनिकका आमाबुबा, श्रीमती तथा छोराछोरीले सहज उपचार पाउने नेपाली सेनाले बताएको छ ।
अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, ईन्डास्कोपी, अल्ट्रासाउन्ड, एक्स–रे लगायतका सेवाहरू रहेको नेपाली सेनाले बताएको छ । अस्पतालमा आइसियु युनिट, आइसोलेटेड वार्ड, बालरोग वार्ड, पुरुष तथा महिला वार्ड, पृसुति वार्ड, प्रसूति शल्यक्रिया कक्ष देखी विभिन्न महत्त्वपूर्ण वार्डहरू रहेको नेपाली सेनाले बताएको छ । अस्पतालमा ७७ जना मेडिकल जनशक्तिहरू रहेको र १३ जना अनुभवी डाक्टरहरू रहेको सैनिक अस्पताल इटहरीकी कमान्डिङ अफिसर तथा एमबिबिएस र श्वासप्रश्वास औषधिमा एमडि गरेकी डाक्टर उसब राना मुसिनले बताइन् ।
धरानमा एक सय ८५ किलो गाँजासहित तीन पक्राउ
धरान : धरान उपमहानगरपालिका २० स्थितबाट लागूऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान २० कार्कीछाप जंगलमा गाँजा लुकाईछिपाई...
Discussion about this post