इटहरी : चर्चित गजलकार अनन्त अनुरागको पहिलो गजलसंग्रह पर्दा बजारमा आएको छ ।
शनिबार राजधानीमा आयोजित एक बृहत कार्यक्रमका बीच अनुरागको गजलसंग्रह लोकार्पण गरिएको हो ।
ज्ञानुवाकर पौडेल, डा. घनश्याम परिश्रमी, डा. देवी नेपाल, जय गौडेल र डा. नवराज लम्सालले लोकार्पण गरेका हुन् ।
रचनावाचनले प्रकाशन गरेको उक्त गजलसंहग्रमा एक सय वटा रहेका छन् ।
धनकुटाको पाख्रीबासमा शिक्षण पेशामा आबद्ध रहेका उनी लामो समययता गजल लेख्दै आएका छन् ।
Discussion about this post