तरहरा : वैदेशिक रोजगारीको लागि मलेसिया हिडेका तरहराका एक युवक महिना दिनदेखि बेपत्ता भएका छन् ।
इटहरी उपमहानगरपालिका वडा नं. १९ तरहरा बस्ने ३३ बर्षीय युवराज घिमिरे माघ २९ गतेदेखि काठमाडौँबाट बेपत्ता भएको परिवारले गुनासो गरेका हुन् ।
गत माघ २५ मा मोरङ पथरीका शक्ति कुमार राईसँग काठमाडौँ हिँडेका उनको फागुन १ गते मलेसियाको टिकट रहेको थियो ।
तर, सँगै हिँडेका राई भने सोही मितिमै मलेसिया उडेका थिए भने घिमिरे बेपत्ता रहेको परिवारले गुनासो गरेका छन् ।
काठमाडौँमा उजुरी गरेको भएपनि प्रहरीले बेवास्ता गरेको घिमिरेकी दिदी कमला निरौलाले बताइन् ।
महिना दिन अगाडि नै उजुरी गरेको भएपनि प्रहरीले बेवास्ता गरेको पीडितको गुनासो रहेको छ ।
उनी बेपत्ता भएदेखि वृद्ध आमाबुबा चिन्ताले थलिएका छन् । युवराजको खोजीका निम्ति सहयोग गर्न परिवारजनले अपिल गरेको छ ।
झापामा डेढ करोडको विषादीरहित तरकारी उत्पादन
बनियानी (झापा) : झापाको कनकाई नगरपालिकाका किसानले करिब एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरले...
Discussion about this post