इटहरी : प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को मंगलबार (आज) बसेको बैठकले १० करोड रुपैयाँको ‘कोरोना जनसुरक्षा कोष’ स्थापना गर्ने निर्णय गरेको प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो (मौसम) ले जानकारी दिए ।
उनका अनुसार सबै मन्त्री, जनप्रतिनिधि, स्थानीय सरकार, राष्ट्रसेवक, निजी क्षेत्रका उद्योगी, व्यवसायी लगायतको सहकार्यमा उक्त कोष स्थापना गरिएको हो ।
कोषमा सरकारले १० करोड रकम जम्मा गरिसकेको छ ।
सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘कोरोना इन्फर्मेसन डेक्स’ स्थापना गर्ने निर्णय समेत गरेको छ ।
Discussion about this post