इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा केहीबेरअगाडि मात्रै इटहरी नगर कार्यपालिकाको बैठक बसिएको छ ।
बैठकले इटहरीका दलित र विपन्न बर्गका लागि खाद्यान्न उपलब्ध गराउँने निर्णय समेत गरेको छ ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले दिएको जानकारी अनुसार उपमहानगरपालिकामा परिसरमा केही बेर अगाडि बसेको बैठकले इटहरी क्षेत्रका घरधनीहरुले ५० प्रतिसत सम्म घरबहाल छुट गर्नुपर्ने निर्णय गरिएको छ । गरिब र दलित परिवारका लागि खाद्यान्न समेत वितरण गरिने निर्णय भएको छ, श्रेष्ठले टाकुरासँग भने, दैनिक गुजारा गर्नै कठीन हुनेहरुलाई खाद्यान्न उपलब्ध गराउँने निर्णय भएको हो ।
साथै, नगर क्षेत्रमा रहेका सबै जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा विपद् कोषमा लगाईने बताईएको छ । कर्मचारीको एक हप्ताको तलब पनि बिपद् कोषमा लगाईने श्रेष्ठले जानकारी दिए ।
उपमहानगरपालिकाले दैनिक विपद् कोष खडा गरेकाले देश विदेशमा रहेका इच्छुक नेपालीहरुले सहयोग गर्न चाहेको खण्डमा उक्त कोषमा जम्मा गर्न समेत आह्वान गरिएको छ ।
Discussion about this post