इटहरी : कोरोना भाइरसको जोखिम बढिरहेका बेला विपन्न बर्गको खाने आधार नै नरहेको भन्दै विभिन्न सथानीय तह तथा अन्य संघसंस्थाले राहत वितरण गरिरहेका छन् ।
यसैक्रममा इटहरी उपमहानगरपालिकामा भने राहत भन्दै इटहरीका विपन्न परिवारलाई कुहिएको चामल वितरण गरिएको छ । शनिबार उपमहानगरपालिकाले राहत स्वरुप बाढेको चामल कुहिएको भन्दै विपन्न परिवारले गुनासो गरेका छन् ।
इटहरीका मेयर द्वारिकलाल चौधरी स्वयम्ले लिएर गएको चामल कुहिएको र अत्यधिक ढुङ्गा लागेको इटहरी १७ का हरि पोखरेलले बताए । उनले दैनिक ज्यालामजदुरी गर्ने इटहरी १ मुसहर टोलका विपन्न परिवार र इटहरी १७ का स्थानीय बासिन्दालाई जम्मा गरेर कुहिएको चामल वितरण गरेको आरोप लगाए । सरकारले वितरण गरेको चामलका कारण विरामी नै हुने अवस्था आयो, उनले गुनासो गर्दै भने, हामीले चामलको फोटो खिचेर राखेका छौँ ।
सरकारले वितरण गरेको चामल खान योग्य नभएको मुसहर बस्तीका बासिन्दाहरुको गुनासो रहेको छ ।
इटहरीमा स्कुल थियटरको नवौं संस्करण आइतबार र सोमबार
इटहरी : इटहरीमा स्कुल थियटरको नवौं संस्करणको तयारी पूरा भएको छ । आइतबार र सोमबार (बैशाख ९ र १०)मा इटहरीस्थित...
Discussion about this post