इटहरी : सुनसरी मधेशामा बसेर सक्रिय साहित्य साधना गरिरहेका बरिष्ठ साहित्यकार उपेन्द्र पागलको निधन भएको छ ।
आज २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको परिवार श्रोतले जनाएको छ । लामो समयसम्म मोरङको सुकुना क्याम्पसमा अध्यापन गराएका उनी केही समययता श्वाशप्रस्वासको विरामी रहेका थिए ।
थुप्रै संघ–संस्थाबाट सम्मानित भइसकेका ७७ बर्षीय पागल अघिल्लो कार्यकालमा प्राज्ञ समेत थिए । उनको पार्थिब शरीर अहिले ४ बजे इटहरीको बुढिगंगा जमुना घाटमा अन्त्यष्टि गरिने परिवार श्रोतले जनाएको छ ।
Discussion about this post