धरान : सप्तरीमा र्यापिड टेष्टमा कोरोना संक्रमण देखिएका २ जनाको पिसिआर परीक्षणमा संक्रमण नभएको (नेगेटिभ) रिपोर्ट आएको छ ।
मंगलबार दिल्लीबाट फर्किएका ७ जना मध्ये २ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखाएको थियो । अन्तिम परीक्षणको रूपमा पिसिआर परीक्षणका लागि मंगलबार नै उनीहरुको नमूना स्वाब सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान ल्याइएको थियो ।
बुधबार उनीहरुको रिपोर्ट आएसँगै उनीहरूमा कोरोना संक्रमण नदेखिएको हो ।
तस्बिरमा हेर्नुहोस् लालीगुराँसले रङ्गिएको तेह्रथुम
तेह्रथुम : टिएमजे अर्थात्, तीनजुरे, मिल्के, जलजले । कोशी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य हो – टिएमजे । तेह्रथुम र संखुवासभाको...
Discussion about this post